Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

ईयूमा सामेल हुन युक्रेनलाई 'दशकौँ लाग्ने'

एजेन्सी

काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनलाई युरोपेली सङ्घ ईयूमा स्वीकार्न दशकौँ लाग्ने बताएका छन्।

ईयूको संसद्लाई सम्बोधन गर्दै उनले ईयूको साटो समानान्तर "युरोपियन कम्युनिटी"मा सामेल हुन युक्रेनलाई सुझाव दिए।

युक्रेन उक्त निर्णयको पर्खाइमा रहेको छ। माक्रोँका भनाइमा उक्त कम्युनिटीमा सहभागी भएपछि गैरईयू सदस्यहरूलाई युरोपको सुरक्षा संरचनामा अन्य तरिकाबाट सामेल हुन अनुमति दिनेछ।

पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भयङ्कर लडाइँ जारी रहेका बेला माक्रोँको त्यस्तो भनाइ आएको हो।

उक्त क्षेत्रमा रुसले लाभ उठाउन खोजिरहेको छ। एकजना वरिष्ठ अमेरिकी रक्षा अधिकारीले रुसले उक्त क्षेत्रमा रुसले गरेको विस्तारलाई खासै धेरै विस्तार नरहेको भनेका छन्।

लुहान्स्क क्षेत्रका एकजना युक्रेनी नेताले त्यहाँ गम्भीर लडाइँ भइरहेको बताएका छन्।

रुसले आक्रमण सुरु गरेको चार दिनपछि युक्रेनले गत फेब्रुअरीमा ईयूमा सामेल हुन आवेदन दिने प्रक्रिया सुरु गरेको थियो।

"हामी सबैलाई राम्ररी थाहा छ [युक्रेनलाई] सामेल हुन अनुमति दिने प्रक्रियामा वास्तवमा धेरै वर्ष लाग्ने छ, सायद धेरै दशकहरू," माक्रोँले भने।

"यो तबसम्मको सत्य हो- जबसम्म हामीले यसमा सामेल हुने मापदण्डहरूलाई सहज बनाउँदैनौँ र युरोपेली एकतामा पुनर्विचार गर्दैनौँ।"

माक्रोँले युक्रेनको आवेदनलाई चाँडै टुङ्ग्याउनका लागि ईयूको सदस्यताका लागि तय गरिएका कडा मापदण्डहरूलाई निलम्बन गर्नुको सट्टा "समानान्तर युरोपियन कम्युनिटी"बारे विचार गर्नु पर्ने बताए।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लाइनले जुनमा युक्रेनको सदस्यताका लागि ईयूको कार्यकारीले प्रारम्भिक राय प्रकाशित गर्ने घोषणा गरेपछि माक्रोँको उक्त भनाइ आएको हो।

सोमवार किएभका अधिकारीहरूले युक्रेनले आफ्नो ईयू सदस्यता आवेदनको दोस्रो भाग ब्रसल्समा बुझाएको जनाएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending