काठमाडौं । राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ ।
आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको हननजस्तो जघन्य घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि अविलम्ब आवश्यक सिफारिस र कार्य अघि बढाउन प्रहरी प्रशासनलगायत जिम्मेवार निकायलाई ध्यानाकर्षण गराइन्छ ।”
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को अवसरमा राजनीतिक दलहरुको चुनावी अभियानको प्रचारप्रसारको क्रममा यही वैशाख १९ गते रुकुमपूर्व पुथा उत्तरगङ्गा वडा नं ५ मा भएको राजनीतिक पार्टीका कार्यकर्तावीच झडप सँगसँगै सोही जिल्ला निवासी वर्ष ३७ की जुनकुमारी बुढा बेपत्ता भएको र घटना घटेको पाँच दिनपछि चोटसहित निजको मृत शरीर भेटिएकोमा निजलाई अपहरण गरी मारिएकोप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
त्यस्तै रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ स्यालखोला डाँडामा यही वैशाख २४ गते बेलुकी ९ बजे आफ्नै घरमा आमा दिदीबहिनी भेला भएर चुनावी गीतमा नाचगान गरिरहेको समयमा अर्को पक्षका पुरुष कार्यकर्ता जबर्जस्ती घरमा प्रवेश गरी किशोरी तथा महिलामाथि अपशब्द प्रयोग गर्दै लछारपछार पारेर हातपात र दुव्र्यवहार गर्दा घाइतेप्रति समेत आयोगले ध्यानाकर्षण जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: