काठमाडौं । राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ ।
आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको हननजस्तो जघन्य घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि अविलम्ब आवश्यक सिफारिस र कार्य अघि बढाउन प्रहरी प्रशासनलगायत जिम्मेवार निकायलाई ध्यानाकर्षण गराइन्छ ।”
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को अवसरमा राजनीतिक दलहरुको चुनावी अभियानको प्रचारप्रसारको क्रममा यही वैशाख १९ गते रुकुमपूर्व पुथा उत्तरगङ्गा वडा नं ५ मा भएको राजनीतिक पार्टीका कार्यकर्तावीच झडप सँगसँगै सोही जिल्ला निवासी वर्ष ३७ की जुनकुमारी बुढा बेपत्ता भएको र घटना घटेको पाँच दिनपछि चोटसहित निजको मृत शरीर भेटिएकोमा निजलाई अपहरण गरी मारिएकोप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
त्यस्तै रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ स्यालखोला डाँडामा यही वैशाख २४ गते बेलुकी ९ बजे आफ्नै घरमा आमा दिदीबहिनी भेला भएर चुनावी गीतमा नाचगान गरिरहेको समयमा अर्को पक्षका पुरुष कार्यकर्ता जबर्जस्ती घरमा प्रवेश गरी किशोरी तथा महिलामाथि अपशब्द प्रयोग गर्दै लछारपछार पारेर हातपात र दुव्र्यवहार गर्दा घाइतेप्रति समेत आयोगले ध्यानाकर्षण जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: