Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मानः अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन्् । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गरेका छन्  ।

“हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएका छौँ,” उनले  सन्देशमा भनेका छन्, “फलस्वरुप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ ।”

उनले  सयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जानकारीसमेत गराएका छन् । लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्दै उनले  लुम्बिनीमा पाँच हजार ध्यानीहरुले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल आफूहरुले निर्माण गरेको दावी गरेका छन् । 

अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हुनुका साथै बुद्ध दर्शनको उद्गमस्थल रहेको जनाएका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन...

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ

काठमाडौं । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट...

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...

सुनकोशीमा वेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...

ए डिभिजन लिग फुटबलः एफसी खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।    सात...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...

कर्णाली प्रदेशः नीति कार्यक्रममाथिको छलफल सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।  मुख्यमन्त्री राजकुमार...

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँः सांसद भट्टराई

काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।    प्रतिनिधिसभाको आज बसेको बैठकमा...

चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि

काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page