अधिकारी पुर्व संचारमन्त्री गोकुल बासकोटाका मिडिया विश्लेषक तथा ०७४ को चुनावमा नेकपा एमाले काभ्रेले प्रदेश सभाका लागी सिफारिश गरेका नेता हुन् । उनको संगठनात्मक जिम्मेवारी भने खुलेको छैन ।
काठमाडौं । चबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आजमात्रै पक्राउ परेका क्याम्पसका कोअर्डीनेट जनार्दन अधिकारी एमालेका नेता भएको खुलेको छ ।
काभ्रे घर भएका अधिकारी पुर्व संचारमन्त्री गोकुल बासकोटाका मिडिया विश्लेषक तथा ०७४ को चुनावमा नेकपा एमाले काभ्रेले प्रदेश सभाका लागी सिफारिश गरेका नेता हुन् । उनको संगठनात्मक जिम्मेवारी भने खुलेको छैन ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका थिए । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरी भन्छन्, ‘जाहेरी आइसकेको छैन, जाहेरी आइसकेपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ अधिकारीले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरुको आरोप छ ।
पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: