काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिएका हुन् ।
“विगत पाँच वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु, आगामी दिनमा पार्टीको साधारण सदस्यमात्र रहिरहनेछु”, विज्ञप्तिमा भनिएको छ ।
उनले आफ्ना पार्टीका उम्मेदवार इमान्दार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पारे। बाराको एक स्थानीय तह र दुई वडामा आफ्नो पार्टीका उम्मेदवार विजयी हुनु उम्मेदवारकै लोकप्रियताले भएको सो पार्टीले जनाएको छ ।
अध्यक्ष मिश्रले विगत पाँच वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य आफ्नो पार्टीलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
उनले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: