Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

खबरडबली संवाददाता

बनियानी ।  डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख  बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए  ।

ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ लाख ५० हजार र फलफूलका रु छ लाख गरी रु ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो । बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ ।

टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनोलगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उनले बताए । “यीमध्ये श्रीखण्ड र रुद्राक्ष बहुमूल्य प्रजातिका रुख हुनुका साथै धार्मिक दृष्टिकोणले समेत घरघरमा लगाउने गरिन्छ”, उनले भने, “यी बिरुवा हालै मात्र वितरण गर्न थालिएका हो ।” यी बिरुवा अन्यत्र नर्सरीबाट किन्दा रु दुई सयभन्दा बढी पर्ने भए पनि निःशुल्क वितरण गर्न लागिएको उहाँको भनाइ छ । यो वर्ष श्रीखण्डको मात्र १० हजार विरुवा वितरणका लागि तयारी अवस्थामा रहेको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतका सात नर्सरीमा बिरुवा तयार भइरहेका छन् । जलथल, चन्द्रगढी, बहुवन, सुरुङ्गा, केर्खा, प्रजापतिमा ७५÷७५ हजार र कमलधापमा ५० हजार बिरुवा वितरणका लागि तयार गरिँदैछ । त्यस्तै, १५ हजार फलफूलका बिरुवाका लागि बोलपत्र आह्वान गरिएको छ । रु १५ बराबरको बोलपत्र आह्वान गरिए पनि रु छ लाख ठेक्का लागेको कार्यालयले जनाएको छ । 

गाउँघरमा रुख बिरुवाको माग र वितरणका लागि जिल्लाभर सात जना परिचालिका खटाइएको छ । उनीहरुले नै बिरुवाको माग विवरण तयार गर्ने सोहीअनुरुप बिरुवा तयार गरी वितरण गर्ने गरिएको छ । 

यस्तै, झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ । चालु आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी रु नौ लाख अनुदान आएको हो । हल्दीबारी गाउँपालिका सहित भद्रपुर , गौरादह, मेचीनगर  र अर्जुनधारा नगरपालिकाका जडीबुटी पकेट क्षेत्रमा खेती विस्तार तथा भण्डारणका लागि अनुदान आएको सहायक वन अधिकृत खत्रीले बताए ।

जडीबुटी विकास (सङ्घ सशर्त) तर्फको सो कार्यक्रमअन्तर्गत पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies