Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दलित समुदायद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

\"dalit-aandolan\"काठमाडौँ । दलित समुदायको सवालमा पहिलो संविधानसभाले पारित गरेका विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत सङ्घर्षका कार्यक्रम सम्पन्न गरेका दलित समुदायले दोस्रो चरणको आन्दोलन गर्ने भएका छन् । विभिन्न राजनीतिक दल निकट भातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनबाट आफूहरूका मागप्रति बेवास्ता गरिएको भन्दै दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो । दलित आन्दोलनले पहिलो चरणको आन्दोलनअन्तर्गत साउन १९ गते काठमाडौँको बिजुली बजारमा आन्दोलनकारीमाथि प्रहरीद्वारा गरिएको निर्मम दमनपश्चात् गृहमन्त्रीले व्यवस्थापिका–संसद्मा दिएको जवाफ निराधार र झुटो भएको भन्दै गम्भीर आपत्ति र असहमतिसमेत जनाएको छ । सो झडपमा करिब २५ दलित नेता तथा कार्यकर्ता गम्भीर घाइते भएका थिए । \'संयुक्त दलित आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत साउन १९ गते प्रहरीद्वारा गिरफ्तार गरिएका बागलुङका राजकुमार बसेललाई झुट्टा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएको हुँदा निजमाथि लगाइएको मुद्दा खारेज गरी तत्काल रिहाइका लागि जोरदार माग गर्दछौँ\'–विज्ञप्तिमा उल्लेख छ । सदियौँदेखि उत्पीडनमा पारिएको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप सङ्घमा तीन प्रतिशत, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्प्रर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे माग राख्दै आएको छ । नेकपा (एमाले) का नेता तथा सभासद् जीतु गौतम, एकीकृत नेकपा (माओवादी) र नेकपा (माले)का सभासद् दलजीत श्रीपाइली र कमला विश्वकर्माले दलित समुदायका मागप्रति बेवास्ता गरिएको खण्डमा संविधानसभामा रहेका ४० दलित सभासद्ले संसद् अवरूद्ध गर्ने चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending