Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ: मन्त्री चौधरी

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुनलागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए  । 

मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले बताए । बाढीपहिराले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ । उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए  ।

मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको  बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गेरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताए ।

उनले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताए । सामाजिक उत्थानको बजेटबारे  आज भोलिमा निर्णय हुने उनले जानकारी दिए । 

मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको र त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना रहेको उनले बताए । त्यस्तै सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको मन्त्री चौधरीले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending