Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

दिक्तेल बजारको अलपत्र सडक ७ दिनभित्र पुनः ढलान सुरु गर्न पत्राचार

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको अलपत्र सडक ढलान पुनः सुरु गर्न सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीलाई पत्राचार गरेको छ । निर्माण कम्पनी सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेभीले दिक्तेल बजारको सडक ढलानको जिम्मा लिएर निर्माणाधीन अवस्थामै अलपत्र छाडेकाले सात दिनभित्र पुनः सुरु नगरे कानुनी कारबाही गर्ने चेतावनी दिँदै नगरपालिकाले सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनीलाई पत्राचार गरेको हो ।

लामो समयदेखि सडक ढलान कार्य रोकिँदा यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएकाले लिखितरूपमा आग्रह गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “सडक ढलानको काममा निर्माण कम्पनीको चरम लापरवाही देखिएको छ”, उनले भने, “सात दिनभित्रमा पनि अवरुद्ध काम सुरु नगरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ ।”

दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट त्रिवेणी चोकसम्मको सडक ढलान रु तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु दुई करोड ७० लाख ४० हजार १७९ मा ठेक्का पारेको थियो । साँघुरो सडक तथा पुरानो भौतिक संरचना रहेको दिक्तेल बजारको सडक विसं २०७८ मङ्सिर १० गते ढलानको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७८ असार ९ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । 

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारको सरस्वती माध्यमिक विद्यालयको प्रवेशद्धार अगाडिसम्मको सडक ढलान गरेर अलपत्र छाडिएको उक्त सडकको निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको छ । त्यसपछि विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण देखाउँदै चार महिनाको म्याद थपिएको थियो । 

यस अवधिमा पनि काम नसकिएपछि फेरि नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रिजालको सिफारिसमा गत चैतसम्म तीन महिना थप गर्दा पनि सडक ढलानको काम अपूरै रहेको छ । निर्माणाधीन अवस्थामै अलपत्र छाडिएको सडक अहिलेसम्म ४५ प्रतिशतमात्र काम सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुलसीराम खर्बुजाले जानकारी दिए । 

निर्माण कम्पनीको लापरवाहीले यातायातका साधन तथा पैदलयात्रु आवतजावतमा समेत समस्या देखिएको सडक ढलानका लागि कामको मूल्याङ्कनको आधारमा रु ९४ लाख ८९ हजार भुक्तानी गरिएको जनाइएको छ । तोकिएको समयमा काम नसकेपछि निर्माण कम्पनीसँग ठेक्का तोडी कालोसूचीमा राख्न दुई महिनाअघि नै प्रक्रिया बढाइएको आयोजना प्रमुख खर्बुजाको जानकारी दिए । 

तोकिएको समयमा काम सम्पन्न नगरी अलपत्र छाडेपछि निर्माण कम्पनीको धरौटी जफतका लागि बैंकलाई पत्राचार गरिएको छ । सिरहास्थित सनराइज बैंकलाई धरौटी जफतका लागि पत्राचार गरिएको आयोजना प्रमुख खर्बुजाले जानकारी दिए । 

निर्माण कम्पनीले तोकिएको म्याद गुजारेपछि हर्जना भने गत चैतदेखि नै तिर्नुपरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । आगामी असारसम्मको हर्जनावापत करिब रु १३ लाख कटाएर भुक्तानी गरिएको आयोजना प्रमुख खर्बुजाको भनाइ छ ।

निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले यो सडक ढलानमा समस्या आएको निर्माण व्यवसायी सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरेले बताए । निर्माण कम्पनीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रोशन राईलाई नाफा खाएर पेटी ठेक्का दिएको हो । 

निर्माण कम्पनीले दिक्तेल बजारको सडक ढलान अलपत्रबारेमा प्रशासनले पनि पटक–पटक ताकेता गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । “सडक ढलान अलपत्रबारेमा प्रशासनले पनि पटक–पटक ताकेता गरेको छ”, उनले भने, “ठेकेदार मात्र होइन, सम्बन्धित कार्यालय पनि जिम्मेवार हुने भएकाले दुवैलाई प्रशासनिक कारबाही अगाडि बढाउने तयारी गरिएको छ ।”

ढलानका लागि बजारको सडक भत्काइएकाले व्यापार व्यवसाय नै चौपट भएको दिक्तेलस्थित व्यवसायी गुणराज सैंजूले बताए । प्रशासनकै अगाडि निर्माण कम्पनीले सडक ढलानको काम बीचैमा अलपत्र छाडेपछि जिल्लामा हुने हरेक कार्यक्रममा निर्माण कम्पनीको आलोचना हुने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy