Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

विमान पुरानो भएपछि दुर्घटनाको सम्भावना बढी हुन्छ ?

'इन्जिनियरले उडाउन योग्य छ नभनेसम्म पाइलटले त्यो जहाज उडाउँदैन'

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा सन् २०१० यता मात्रै कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको अभिलेखले देखाउँछ।

उक्त अवधिमा दुर्घटनामा परेका विमानमा १८ वटा मल्टी-इन्जिन अर्थात् धेरैवटा इन्जिन भएका विमान, १३ वटा हेलिकप्टर, चारवटा सिङ्गल इन्जिन विमान र दुईवटा विदेशी विमान छन्। त्यसैगरी मनोरञ्जन प्रयोजनका उडाइने केही हलुका विमानहरू पनि दुर्घटनामा परेका छन्।

हवाई दुर्घटनाका अधिकांश यस्ता घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ।

तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ।

गत आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका स्थित १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो।

उक्त विमान पनि पुरानो हुनु दुर्घटनाको एउटा कारक रहन सक्ने तर्क सामाजिक सञ्जालमा कतिपयले गरिरहेका छन्।

एअरपोर्ट डेटा तथा फ्लाइटरेडार२४ जस्ता वेबसाइटका अनुसार क्यानडाली कम्पनीले उत्पादन गरेको उक्त विमान सन् १९७९ मा बनेको हो।

अर्थात् यो विमान झन्डै ४३ वर्षदेखि सञ्चालनमा थियो।

तर के सामाजिक सञ्जालमा चर्चा भए जस्तै विमान पुरानो हुनु पनि दुर्घटनाको एउटा कारण हो त?

के विमान पुरानो हुन्छ?

अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन्।

उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ।

त्यसबाहेक कतिपय समयमा विदेशमै लगेर पनि विमानको परीक्षण गरिन्छ।

"त्यस कारण जहाजले 'एअरवर्दिनेस कन्डिशन' पूरा गर्छ भने अर्थात् उडानका लागि योग्य छ भने त्यसलाई विमान पुरानो भएकाले दुर्घटना भएको भन्न सकिँदैन," शाहले भने।

"जस्तो कि नयाँ विमान समेत … डेलभरी भएको पहिलो दिनमा समेत दुर्घटनामा परेको छ।"

उनका अनुसार विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ जसले विभिन्न पार्टपुर्जाबारे जानकारी गराइरहेको हुन्छ।

त्यस कारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो नहुने शाहको तर्क छ।

"इन्जिनियरले उडाउन योग्य छ नभनेसम्म पाइलटले त्यो जहाज उडाउँदैन," उनले भने।

'मर्मतसम्भार महत्त्वपूर्ण'

हवाई उडानसम्बन्धी विज्ञ कुमार चालिसेले पनि एअरवर्दिनेस परीक्षण गरेर जहाज उडाउन योग्य भएको मानेर (पाइलटले) उडाइसकेपछि त्यसमा जहाजको समस्या परेको भन्न नमिल्ने बताउँछन्।

उनका अनुसार पछिल्लो १० वर्षमा नेपालका उड्डयन क्षेत्रसँग सम्बन्धी नियम अन्तर्राष्ट्रिय स्तरमै दाँज्न सकिनेगरी विकास गरिएको छ।

जसले गर्दा विमान सञ्चालन, मर्मतसम्भारदेखि एअरवर्दिनेस म्यानूअल लगायत अन्तर्राष्ट्रिय स्तरमा दाँज्न मिल्नेगरी तयार पारिएको चालिसे बताउँछन्।

उनका अनुसार विमान निर्माताले उपलब्ध गराएको मेन्टनन्स प्रोग्र्यामअनुसार विमानको मर्मतसम्भार लगायतका कार्य गर्नुपर्ने हुन्छ। त्यसैअनुसार गरे विमान बुढो नहुनेगरी उत्पादकले व्यवस्था मिलाउने उनी बताउँछन्।

"उत्पादकले कन्टिन्यू मेन्टनन्स म्यानेजमन्ट प्रोग्राम दिन्छ। कन्टिन्यू एअरवर्दिनेस भनेको जहाज त्यो बेलासम्म उड्न योग्य हुन्छ जबसम्म त्यो मेन्टनन्स प्रोग्र्यामअनुसार उत्पादकले उपलब्ध गराउँछ," उनले भने।

संसारभरिका वायुसेवा सञ्चालकले विमान उत्पादकलाई उडानका बेला वा मर्मतसम्भारका बेला गम्भीर समस्या देखिए जानकारी उपलब्ध गराउनुपर्ने विज्ञहरू बताउँछन्।

त्यस्तै उत्पादकले निश्चित समयपछि सम्बन्धित विमानको मेन्टनन्स प्रोग्र्यामले काम नगर्ने हुँदा आफै सञ्चालन नगर्न भन्ने गरेको पनि चालिसे बताउँछन्।

सरकारी मापदण्डले के भन्छ?

अधिकारीहरूका अनुसार नेपालमा हवाई नीतिद्वारा विमान खरिदको प्रावधान तय गरिएको छ।

हवाई नीति २०६३मा प्रेसराइज्ड विमानको हकमा १५ वर्षभन्दा पुरानो वा ४५,००० प्रेसराइजेशन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरू आयात निषेध गरिएको उल्लेख छ।

त्यस्तै प्रेसराइज्ड नभएका विमानको हकमा आयात गरिने जहाजको "केस-टु-केस बेसिसमा" र वायुयानको रेकर्ड पूर्ण जाँच गरी निर्णय गरिने नीतिमा उल्लेख छ।

"तर २० वर्षभन्दा पुरानो वायुयानलाई आयात गर्न सामान्यतया अनुमति प्रदान गरिनेछैन," नीतिमा लेखिएको छ।

यो नीति अन्तर्राष्ट्रिय स्तरमा भने देशअनुसार वा निश्चित वायुसेवा सञ्चालकअनुसार फरक रहेको अधिकारीहरू बताउँछन्।

पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछाने पनि विमानको आयु नहुने बरु हरेक भाग वा पार्टपुर्जाको छुट्टाछुट्टै आयु हुने बताउँछन्।

तसर्थ निश्चित समयानुसार कुन पार्ट मर्मत गर्ने र कुन फेर्ने तय हुने गर्छ।

"फेरेपछि फेरि त्यसको पनि आयु हुन्छ। एउटा चक्रअनुसार परिवर्तन भइरहेको हुन्छ। त्यसकारण यो जहाजको यति आयु हुन्छ भनेर तोकिएको हुँदैन," उनले भने।

नेपालमा नागरिक उड्डयन प्राधिकरणले विमानको सबै पार्टपुर्जा चेकजाँच गरेर उडान योग्यताको प्रमाणपत्र जारी गर्ने गरेको बताइन्छ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आईकाओ) ले पनि विमान उड्न योग्य भए त्यो कति पुरानो छ भन्ने कुराले फरक नपर्ने र त्यो योग्यता मान्यताप्राप्त प्राविधिकले प्रमाणीकरण गर्नुपर्ने मापदण्ड तय गरेको अधिकारीहरू बताउँछन्।

नेपालमा अहिलेसम्म हवाई दुर्घटनाबारे अनुसन्धान गर्दा मर्मतसम्हारमा समस्या रहेकै कारण विमान दुर्घटनामा परेको नदेखिएको लामिछानेले जानकारी दिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending