काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - १४:५०
कुसुमटार । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् । ...
माघ १० गते, २०८१ - १४:३६
नारायणगढ। आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ...
माघ १० गते, २०८१ - १४:१८
अछाम । भारतको महाराष्ट्रमा बुधबार रेल दुर्घटनामा भएको छ । दुर्घटनामा परि मृत्यु भएका १३ मध्ये ४ जना नेपाली रहेको पुष्टि भएको जिल्ला अधिकारीका कार्यालय...
माघ १० गते, २०८१ - १४:०८
डडेल्धुरा। प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय ज...
माघ १० गते, २०८१ - १४:०१
बुटवल । पुर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछाने अदालतमा बहस जारी रहेको छ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेक...
माघ १० गते, २०८१ - १३:५६
काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बु...
माघ १० गते, २०८१ - १३:५२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ । शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो ...
माघ १० गते, २०८१ - १३:४३
धनगढी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ । फाप्ला ...
माघ १० गते, २०८१ - १३:१७
फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभिय...
माघ १० गते, २०८१ - १३:०५
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढ...
प्रतिकृया लेख्नुहोस्: