हुम्ला । हुम्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा नियमित नहुँदा निर्माण सामग्री ढुवानी ठप्प भएको छ । निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट उडान नभर्दा सिजनको समयमा ठेकेदार कम्पनीलाई काम गर्न थप समस्या बनाएको छ ।
सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिकालाई हुम्ला निर्माण व्यवसाय सङ्घले आग्रहसमेत गरेको छ । एक मात्र हवाई मार्ग भएकाले र चार महिनादेखि जहाज नचलेकाले निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी हुन नसकेको हो ।
असार मसान्त नजिकै आउन लाग्दा निर्माण सम्पन्न हुन लागेका योजना समस्यामा परेको हुम्ला निर्माण व्यवसायी सङ्घका सचिव बुद्ध रोकायाले बताउनुभयो । हुम्ला निर्माण व्यवसायी सङ्घले जिल्लाभित्र सञ्चालन भएका निर्माण कार्य निर्माण व्यवसायीको काबुभन्दा बाहिर भएकाले समयमै सम्पन्न नहुने देखिएको भन्दै आयोजनाका समस्या बुझी सम्बन्धित निकायमा पहल गरिदिन गाउँपालिकालाई आग्रह गरेको छ ।
नेपालगञ्ज र सुर्खेतमा रोकिएका निर्माण सामग्री जहाजबाट सिमकोटमा भित्र्याउन कोसिस गरे पनि सबै निजी कम्पनीका जहाज पूर्वमा उडान भरेपछि समस्या भएको हो । नेपालगञ्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निर्माणका सामग्री ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन । सहरीय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिँचाइका पाइपलगायत सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ महिनापछि धकेलिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ओसार्नुपर्ने बाध्यता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: