Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अनुदानको धानको बीउ महँगोमा किसानलाई वितरण

रासस

पाल्पा । रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । 

अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउँँछन्। उनले १२ किलो सावित्री, पाँच किलो साँवा मन्सुली गरी १८ किलो धानको बीउ प्रतिकिलो रु ४५ मा खरिद गरेको बताए। 

यस्तै बिरमला कुमालले सहकारीबाट १५ किलो उन्नत जातको बीउ ल्याए। उनलाई अनुदानमा ल्याएको धानको बीउको खरिद बिक्री मूल्य भने थाहा थिएन । 

“बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ चर्को मूल्यमा बिक्री गरेको थाहा पाए”, उनले भने। 

सहकारीका अध्यक्ष भेषबहादुर वंशीले भने ढुवानी, भण्डारण खर्च, धान वितरणका निम्ति परिचालित जनशक्तिको खर्चसहित संस्थाले प्रतिकिलो रु ३९ मा खरिद गरेको बीउ रु ४५ का दरले किसानलाई वितरण गरेको बताए। 

उनले भने, “बीउ वितरण तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरेका थियौँ, उनीहरुलाई खाजा व्यवस्थापन, खुल्ला धान बिक्री गर्दा पैसा फिर्ता गर्न झण्झट हुने भएकाले सहकारीले रु ४५ मै बिक्री वितरण गरेको हो ।” 

पालिकाको केन्द्र बेझाड बजारदेखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिब १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मूल्य अधिक रहेको स्थानीयवासी बताउँछन् ।

सहकारीबाट किसानले सहुलियत मूल्यमा बीउ पाइएला भन्ने आशा गरेकी सुन्धरा कँडेल डोटेल महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गरे। यस्तै स्थानीय तुल्सी खनालले साँवा मन्सुली जातको ३५ किलो (एक बोरा) धान प्रतिकिलो रु ४५ का दरले रु एक हजार ५७५ मा खरिद गरे। 

उनले सहकारीले जुन कायम ग¥यो सोही मूल्यमा धान खरिद गरेर ल्याएको बताए। 

अनुदानको बीउ सहकारीले महँगोमा बिक्री गर्नु गलत भएको रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले बताए। 

“किसानलाई सेवा दिने उद्देश्यले नगरले अनुदान कार्यक्रम ल्याएको हो, सहकारीलाई नाफा गर्न होइन, नाफाघाटाको कुरा जोड्न भएन, जनताले  सहुलियत रुपमा सेवा पाउनुप¥यो, यसबारे संस्थासँग जानकारी माग्छौँ”, उनले भने। 

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको बताए। 

“मूल्य बढाएर किसानलाई धान बिक्री गरेको जानकारी हामीलाई आएको छ, सहकारीले हामीलाई स्पष्टीकरण भने अहिलेसम्म सोधेको छैन”, प्रमुख पाण्डेयले भने। 

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । 

रामपुरमा केही सहकारी समूहले पनि रु दुईदेखि रु चारसम्म प्रतिकिलोमा ढुवानी मूल्य जोडेर बीउ वितरण गरेको पाइएको छ । पालिकाले दिएको सहुलियत मूल्यमा चर्को मूल्य जोडेर बीउ वितरण गर्दा किसान मारमा परेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending