Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । 

प्रदेशसभाको १०औँ अधिवेशनको पन्ध्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट छलफलका लागि सभामा पेश गरे । 

छलफलमा भाग लिँदै नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले औषधि विभागमा दर्ता नभएकालाई पशुस्वास्थ्यको तालिम दिइएको विषयमा सरकारको ध्यानाकर्षण गरे । त्यही क्रममा उहाँले चैतसम्म बजेट नहुने तर असारमा फालाफाल हुने र विकास गर्ने नभई खाने संस्कार एवं प्रवृत्ति कर्णालीमा बढ्दै गएको टिप्पणी गरे। 

उनले भने, “सङ्घीय सरकारसँग प्रस्ताव नराखी प्रदेश अस्पताललाई प्रतिष्ठानमा बदल्ने कुराले सङ्घ सरकारले बनाउने भनेको मेडिकल कलेज निस्तेज गर्ने तरिका होइन?” नेता कँडेलले सरकारले सञ्चालन गरेका योजना विकास नभई व्यवसाय र धन्दामा परिणत भएको जिकिर गरे । 

त्यस्तै प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७६’ सरकारले फिर्ता लिने कुरा कदापि स्वीकार्य नहुने चेतावनी दिए । 

उनले सरकारले स्याउ तथा ओखर विकास परियोजना कहाँ हरायो ? कर्णाली हाईअल्टिच्युड टे«निङ सेन्टरको योजना कहाँ तुहायो ? भन्ने प्रश्न गर्दै ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रममा बजेट व्यवस्था नभएकोसमेत औँल्याए । 

उनले कर्णाली समृद्धिको सपनालाई साकार पार्ने खालको पूँजीगत बजेटमा ध्यान दिन सरकारलाई सुझाए । 

अर्का सदस्य सुशीलकुमार थापाले अहिले पनि प्रदेश सरकारले वितरणमुखी बजेट ल्याएको र कर्णाली प्रदेश कर्णालीकै कारण समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको विचार व्यक्त गरे कर्णालीको गरिबी घटाउने, स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिनेगरी समावेशी र समानुपातिक बजेट ल्याउन सरकारलाई आग्रह गरे । 

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending