Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनसंगठनहरू महंगीविरुद्ध आन्दोलनमा उत्रने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

बिहिबार पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म बुलन्द पार्ने निर्णय गरेको संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले बताए। 

पेट्रोलियम, खाद्यपदार्थ लगायतमा मूल्यवृद्धि, पाठ्यपुस्तकको अभाव, धान रोपाइको समयमा मलखादको अभाव जस्ता विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ, नेपाल लगायत आन्दोलनमा छन् ।

जारी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै पार्टीका सबै २२ वटै जनवर्गीय संगठनहरू सडक आन्दोलनमा उत्रने भएका हुन् । जनवर्गीय संगठनहरूको आन्दोलनमा स्थानीय पार्टीपङ्तीको पनि सहभागिता हुने छ ।

पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको बैठकको अध्यक्षता संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका थिए । 

बैठकमा संयन्त्रका सहसंयोजक, सबै जनवर्गीय संगठनका इञ्चार्ज, सहइञ्चार्ज, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

‘वर्तमान परमादेशी सरकार अत्यन्तै गैर जिम्मेवार बन्यो, मूल्यबृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति बिल्कुलै वास्ता गरेन, यो सरकारले जनतामाथि महङ्गीको मार थपिरहने प्रष्टै भएपछि आन्दोलनको विकल्प नरहेको उनले बताए। 

यसैबीच जनवर्गीय संगठनमा काम गर्ने नेता कार्यकर्तालाई प्रशिक्षण दिने तयारीका साथ पार्टीको केन्द्रीय स्कुल विभागले पाठ्यक्रमको नयाँ मस्यौदा तयार गरेको छ । 

उक्त पाठ्यक्रमलाई समृद्ध बनाउन बैठकमा जनवर्गीय संगठनका नेताहरूले सुझाव दिएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending