काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरेको हो ।
उनले भने, “यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ ।”
नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारमा केन्द्रित यस किसिमको सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास पनि व्यक्त गरे।
नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हरेक चार वर्षमा आयोजना हुने यस किसिमको सम्मेलनबाट विज्ञान प्रविधिमा आधारित नीति निर्माणमा योग्दान पुग्ने बताए ।
उनले विज्ञान र प्रविधिको उचित विकासबिना मुलुकले विकासको फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिरहेका जानकारी गराए।
नाष्टले विज्ञानका साथै वैज्ञानिकको हितमा ‘गैरआवासीय विज्ञान पुरस्कार’ स्थापना गर्नुका साथै युवा तथा महिला वैज्ञानिकका हितमा एक फोरम स्थापना गरी कार्य गरिरहेको श्रेष्ठले जानकारी गराए।
नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ‘साइन्स सिटी निर्माण’ ‘साइन्स फर सोसाइटी’ लगायतका विषयममा छलफल एवं प्रस्तुति हुने बताए।
उक्त कार्यक्रममा मुलुकका ३५० भन्दाबढी विज्ञका साथै वैज्ञानिकको उपस्थिति रहेको नाष्टले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: