Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

काभ्रेका स्थानीय तहको बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

खबरडबली संवाददाता

काभ्रे । काभ्रेका स्थानीय तहले नगर÷गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । 

अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फसँगै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक, भवन आवास तथा सहरी, पर्यटन, कृषि, पशु, सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । केही तहले पूर्वाधार निर्माणमा फड्को मार्ने खालका कार्यक्रम सार्वजनिक गरेका छन् । 

मण्डनदेउपुर नगरपालिकाले आगामी आवमा पर्यटनतर्फ साहसिक खेलपर्यटन जिपलाइन निर्माण गर्ने जनाएको छ । नगरप्रमुख टोकबहादुर वाइवाद्वारा शुक्रबार प्रस्तुत कार्यक्रममा नगरको उच्च भागमा रहेको पर्यटकीयस्थल नगरकोटलगायत सुलिकोट, बह्मायणी, देवीस्थान, ठूलीचौर र चुरीथुम्कामा क्रमशः जिपलाइन निर्माण गर्ने नीति, कार्यक्रममा उल्लेख गरिएको छ । 

नगरले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । 

यसैगरी बेथानचोक गाउँपालिकाले भने काभ्रेपलाञ्चोककै उच्चस्थान बेथानचोक नारायणस्थान मन्दिरस्थित डाँडासम्म केबुलकार सञ्चालन गर्ने आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेको छ । यसका लागि आगामी आर्थिक वर्षको सुरुआतमै सम्भाव्यता अध्ययन गर्ने अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । गाउँपालिकाले आगामी आवका लागि रु ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

चौँरीदेउराली गाउँपालिकाले भने आगामी आवदेखि सशस्त्र जनयुद्ध र जनआन्दोलनका शहीद तथा बेपत्ता पारिएका परिवारलाई मासिक रु तीन हजार नगद दिने भएको छ । 

शुक्रबार गाउँपालिकाको दशौँ गाउँसभामा अध्यक्ष रेणुका चौलागाईँद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त सहयोग उल्लेख गरिएको छ । पालिकाले यसअघि मासिक रु दुई हजार दिँदै आएको थियो । उसले बजेट निर्माणको चरणमै रहेकाले बुधबार सार्वजनिक गर्ने जनाएको छ । 

यस्तै बनेपा नगरले आफ्नो नीति तथा कार्यक्रममा स्वामित्वको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहुतले सवारी पार्किङस्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जनाएको छ । 

नगरप्रमुख शान्तिरत्न शाक्यद्वारा प्रस्तुत कार्यक्रममा नगरको आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दिगो अभिवृद्धिका लागि नगरको स्वामित्वमा रहेका सम्पत्ति बहालमा वा लिजमा दिनेलगायत आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य सङ्घ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने नीतिमा उल्लेख गरिएको छ । 

नगरले आगामी आवका लागि कूल रु एक अर्ब ५५ करोड २४ लाखको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नमोबुद्ध नगरले बर्सेनि अभाव हुने रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न आगामी आवमा कृषि सहकारीसँगको समन्वयमा ‘मल बैंक’को स्थापना गर्ने नीति, कार्यक्रममा जनाएको छ । भम्लु गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रलाई प्राथमिकता राखी रासायनिक मलको अभावलाई व्यवस्थापन गर्न प्राङ्गारिक खेती प्रणालीमा जैविक विषादीप्रति आकर्षणको प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

त्यस्तै गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने तथा ब्राण्डिङ गर्ने साथै स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पु¥याउनेलगायतको योजना नीति, कार्यक्रममा समावेश गरेको छ । 

काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । छ नगरले नीति, कार्यक्रमसँगै बजेट पनि सार्वजनक गरेका छन् । सात गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE