काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भूसालले कम्युनिस्टहरू फुटेर कमजोर भएको बताएका छन् । बुधबार वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भूसालले यस्तो बताएका हुन् । उनले फुटेका कम्युनिस्ट पार्टीलाई जोड्न आफूहरू निरन्तर लाग्ने बताएका छन् ।
बुधबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले 'एमालेमा माओवादीको बीउ रोपेको, त्यो बीउ केही समयपछि फल्ने' बताएका थिए ।
नेता भूसाले अध्यक्ष दाहालको भनाइको खण्डन भने,'प्रचण्डजीले एउटा धारालाई संगठित गर्नका लागि, उत्साहित गर्नका लागि जे भन्नु भएको छ त्यसलाई सम्मान गर्नै पर्छ । तर आजको आवश्यकतालाई उहाँले पनि अझै राम्रोसँग बुझ्नु भएन ।'
उनले अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी मात्रै बलियो पार्टीका रूपमा स्थापित हुने पनि बताए । उनले भने, 'माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन् । रैथाने बीउहरू परापूर्वकालका बीउहरू राख्ने हो तर तिनीहरूले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । धेरै बीउहरूमध्येबाट सेलेक्सन गर्दै हाइब्रिड बनाउँदै अझ धेरै बीउ उत्पादन गर्ने बीउ बनाउनुपर्छ । कमरेड प्रचण्डले के भुल्नुभयो भने माओवादी, एमाले, एकीकृत समाजवादीको बीउ उम्रिँदैन । नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: