Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ । 

कूल २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर रु एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ मूल्यमा खरिद बिक्री भए । आज बिहान ११ देखि १ बजेसम्म भएको कारोबारका आधारका बजार पूँजीकरण रु २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख २० हजार बराबर रहेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७.१२ र लघुवित्त २९.४८ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीबन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अङ्कले ओरालो लागेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५७ लाख ४७ हजार ८९३ बराबरको कारोबार भयो । त्यस्तै एसियन लाइफ इन्सुरेन्स रु पाँच करोड २२ लाख ५६ हजार ३२६, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ९० लाख ४८ हजार १४८, हिमालयन डिस्टिलरी रु चार करोड ६२ लाख दुई हजार ४७१ र एनआइसी एसिया बैंक रु चार करोड ५१ लाख ३२ हजार ६५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिइल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए । 

यस्तै, स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्सुरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन प्रकरण आयोग : किन बिच्कियो एमाले?

काठमाडौं।  सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकार र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। आयोग गठनको विषयमा छलफल ग...

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी : सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्। आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोख...

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिव...

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका ...

सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।  स्व...

राहत शिक्षकसँगको सहमति कार्यान्वयन गर्ने जिम्मा सांसदहरूको हातमा : शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष...

ढिस्कोले पुरिएर एकको मृत्यु

काठमाडौं। बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्...

आन्दोलनरत शिक्षकसँग अब संसदीय समितिले छलफल गर्ने

काठमाडौं।  विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले छलफल गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत...

चतुर-पारसको टीममा को को छन् त अरू?

काठमाडौं।  चतुरबहादुर चन्दको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा नयाँ कार्यस...

विभिन्न स्थानमा सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-९ अन्दुपट्टीमा अन्दुपट्टीबाट ज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending