Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

सर्पले टोक्दा कस्तो प्राथमिक उपचार गर्ने ? के हुन् बँच्ने उपायहरु ?

खबरडबली संवाददाता

काठमाडौँ । सर्पले मानिसलाई त्यसै टोक्दैनन् । केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ ।

सर्पले टोकेको प्राथमिक उपचार ?
सर्वप्रथम त सर्पले टोकेको हो या होईन भनेर जान्न जरुरी हुन्छ । यदि टोकेको संका लागेको ठाउँमा स–साना दुइवटा घाउ छन् भने त्यो सर्पले टोकेको हुनसक्छ । सर्पले टोकेको थाहा पाएमा सकेसम्म सर्पलाइ चिन्ने प्रयास गर्नुपर्छ । प्रायः करेत , गोमन, लम्भा नामले जानिने सर्पहरु बढी भेटिने गर्दछन् ।

सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ । टोकेको भागलाई धेरै चलाउदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउनुपर्छ । हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुदैंन । कसेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसंचार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जान सक्ने हुन्छ ।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको  (एन्टिडोट) प्रयोग सुरु नभएसम्म त्यो प्रेसर ब्यान्डेज खोल्नुहुँदैन ।

सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ । यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउनुपर्छ ।

सर्पको टोकाइबाट बच्ने उपायहरुः

१. आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने । ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ ।

२. वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्‍याउनुपर्छ । किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढी हुन्छ ।

३. रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्कने गर्नुपर्छ । एक अध्ययनका अनुसार करिब ७५ प्रतिशत विषालु सर्पको डसाईका घटना रातको समयमा भएको पाइएको छ ।

४. सर्प पाइनसक्ने ठाँउमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ ।

५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुदैंन । सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुँदैन ।

६. सम्भव भएसम्म भुईंमा नसुत्ने । सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ ।

७. रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन ।

८. जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ ।

९. भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुदैंन ।

१०. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ ।

११. बालबालिकाहरुलाइ सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र साबधान रहन सिकाउनुपर्छ ।

१२. सर्पको डसाईमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र प्रतिविष (एन्टिस्नेक भेनम) पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नु पर्दछ ।

सर्पको डसाईका चिन्ह र लक्षणहरुः 

सर्प भन्नेबित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षण देखिन सक्छन् जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, रक्तचाप घट्ने, बेहोस हुने आदि ।

अचम्म लाग्न सक्छ, तर यी सबै लक्षण  विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिनसक्छ । तर पनि सर्पले टोकेका हरेक विरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्‍याउनुपर्छ ।

त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मरेर खेर जाने पनि हुनसक्छ।

सर्पले डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरुः

डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन । डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने ।

सम्पूर्ण शरीरमा देखिने लक्षणहरुः

वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने ।

डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दाग देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदि । यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन् ।

त्यस्तै गोमन, करेत (जसको विष स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्) हरुको डसाइमा हातखुट्टा झमझमाउने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्‍याल बगिरहने, स्वास फेर्न गाह्रों हुने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन्।

सर्पको डसाईपछि के नगर्नेः

१. टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढी गई विरामीको मृत्यु हुनसक्छ ।

२. चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिँदैन । बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने ।

३. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगार /Snake stone  को उपचारतर्फ लागेर महत्वपूर्ण समय नगुमाउने । विश्वासका आधारमा यी उपचारले बिरामीलाई  मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ ।

४. टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने ।

५. घाउमा कुनै पनि प्रकारको जडिबुटी, बरफ तथा औसधिको प्रयोग नगर्ने ।

५. चिकित्सकले नभनेसम्म केही नखाने, नपिउने ।

सर्पको डसाईको उपचारः

प्रतिविष (एन्टीस्नेक भेनम) को प्रयोग विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार हो र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण कुरा हो ।

नेपालमा प्रयोग गरिने प्रतिविषले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, भाइपर) को टोकाइमा काम गर्छ । यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन ।

यो एन्टिस्नेक भेनम सर्पदंश उपचार केन्द्रहरुमा निःशुल्क पाइन्छ । यसका खराब असरहरु धेरै हुने भएकोले, बढी महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्ध हुने भएकाले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गरिँदैन ।

डा अवस्थी डडेल्धुरा अस्पतालमा कार्यरत छन् । 

डा. लोकेन्द्र अवस्थी  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै  पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...

महासमिति बैठकको तयारीमा होमियो कांग्रेस, उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्...

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्न हुँदैन : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनक...

प्रेम चलाउनेको मुद्दा 'हेर्दाहेर्दै'मा, भोलि पूर्ण सुनुवाइ हुने

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्...

खिलराज नेतृत्वका पर्यटनमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी ...

किन एसियाली खेलकुदका लागि चीन जाँदैनन् सन्दीप लामिछाने?

काठमाडौं।  क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका...

मुस्लिम आयोगले भन्यो : धार्मिक सहिष्णुता खलबलाउने प्रयास गर्नेलाई तत्काल कारबाही होस्

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ...

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन् : शंकर पोखरेल

काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताए। एक टेलिभिजनलाई अन्तर्वार्ता दि...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending