Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

रासस

खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ । निर्माणस्थल सम्याउँदा फालिएको माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको पर्खाल र मैदान यही असार १७ गते राति भासिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गरेका थिए। 

निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो । सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना निर्माण गरिएको छ । 

भाडावापत मासिक न्यूनतम रु दुई लाख ९७ हजार राजस्व सङ्लन गर्ने गरी रत्नपार्कमा चिल्ड्रेन पार्क र सपिङ कम्प्लेक्स निर्माण गरिएको नगरपालिकाले जनाएको छ । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । 

एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सटर भाडामा उपलब्ध गराउने गरी सपिङ कम्प्लेक्स तयार पारिएको तत्कालीन नगरप्रमुख रिजालले बताएका थिए। तर निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको चार महिना नबित्दै चिल्ड्रेन पार्कको पर्खाल भासिएपछि सामाजिक सञ्जालमार्फत तत्कालीन नगरप्रमुख र ठेकेदार कम्पनीको आलोचना सुरु भएको छ ।  

यस्तै प्रदेश सरकारको अनुदानमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै भासिएको छ । पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समितिमार्फत गत असार ४ गते निर्माण सम्पन्न गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै वर्षात्को पानीले भासिएको हो ।

प्रदेश सरकार कृषि मन्त्रालय १ नं प्रदेश विराटनगरको अनुदान र उपभोक्ता समितिको श्रमदान गरी रु १० लाख ६७ हजार ९८६ मा निर्माण गरिएको थियो । प्रदेश कृषि मन्त्रालयको अनुदान रु नौ लाख ६० हजार र उपभोक्ताको श्रमदान रु एक लाख सात हजार ९८६ को लागतमा पशु वधशालाको संरचना तयार पारिएको हो । 

उपभोक्ता समितिले कमसल र लापरवाही ढङ्गले काम गरेकाले हाटबजारको पर्खाल चिरा परेर भासिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिकाले तीन वर्षअघि सोही ठाउँमा पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी आठ मिटरको हाटबजार ट्रस निर्माण गरेको थियो । 

वर्षात्को पानीले ट्रसको प्राङ्गण भासिँदा पर्खालले ठाउँ छाडेर चिराचिरा परेको देखिन्छ । यस्तै शौचालय बनाइएको भाग पनि चिराचिरा परेको छ ।

उता जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किराँत ऐतिहासिकस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको टेवा पर्खालसमेत वर्षात्को पानीले भासिएको छ । मन्दिर निर्माणका लागि सम्याउने क्रममा फालिएको माटोमाथि लगाइएको पर्खाल गत शुक्रबार राति परेको अविरल वर्षाका कारण भासिएको हो । 

मन्दिरको अगाडिपट्टिको करिब ४० मिटर टेवा पर्खाल भासिएर चिराचिरा परेको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनशे घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार टेवा पर्खाल भासिएर प्रेस (बल) परेपछि मन्दिरमुनिको ताकिल वारपार चर्किएको छ । 

गुणस्तरहीन टेवा पर्खाल निर्माण गरिँदा भासिएको अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक विशन राईले बताए । टेवा पर्खाल भासिएर ताकिलसमेत चर्किएपछि गत वर्षमात्रै पुरातत्व विभागबाट निर्माण गरिएको कालिका भगवती मन्दिर जोखिममा परेको छ ।

अहिलेलाई चिराचिरा परेको ठाउँबाट पानी पस्न नदिने बनाउनुपर्ने इञ्जीनियरले सुझाव दिएका छन् । इञ्जीनियरको सुझावअनुसार उक्त चिरा परेको ठाउँमा सिमेन्ट र बालुवा घोलेर टाल्ने काम भइरहेको छ । 

जिल्लामा सञ्चालित अधिकांश विकासे योजनाका काममा ठेकेदार कम्पनीका प्रतिनिधिले कम दरमा ठेक्का लिने गरेकाले गुणस्तरहीन काम भएको जानकारहरू बताउँछन् । ठेकेदारले कम दरमा कामको जिम्मा लिए पनि नियमन निकायले समयमा कडाइ गर्दा गुणस्तरीय काम हुने उनीहरुको सुझाव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending