Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अमेरिकाको शिकागोमा बन्दुक आक्रमणबाट ६ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो।

अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ।

घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ।

सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ। सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, स्थानीय समय अनुसार १०:१५ मा गोली चलाएका थिए।

सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्‍यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए। तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चियो।

घटनास्थलमा उपस्थित मानिसहरू भाग दौड गर्दा विभिन्न किसिमका कुर्सी तथा झोलाहरू सडकभरि यत्रतत्र छाडिए।

सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको ठानिएको छ। त्यहाँबाट प्रहरीले "बन्दुकको प्रमाण" बरामद गरेको छ।

गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बताए।

"स्वतन्त्रता मनाउन जम्मा भएका हामीले एउटा दु:खद घडीको शोक मनाउँदै छौँ," सहरका मेयर न्यान्सी रोटरिङले भनिन्।

सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुने पछि भयावह बनेको परिस्थितिबारे वर्णन गरेका छन्।

आक्रमणकारीबाट आफू १०० मिटर भन्दा कम दूरीमा रहेको बताउने आनन्द पीले बीबीसीसँग भने,"त्यो बन्दुक निकै छोटो अवधिमा धेरै वटा गोली प्रहार गर्ने खालको थियो। त्यसबाट अविश्वसनीय रूपमा ठूलो आवाज आएको थियो र त्यसपछि त्यहाँ पूर्ण मौनता छायो।"

यस उपनगरीय क्षेत्रमा बन्दुक सम्बन्धित हिंसा निकै कम भएका छन्। आनन्दले थप भने: "मैले यहाँ निकै सुरक्षित महसुस गर्थेँ तर अहिले सुरक्षाका निम्ति आश्रयस्थलमा लुकेका छौँ। यहाँ मानिसहरू रोइरहेका छन् र यो अनुभूति सुखद छैन।"

अर्का प्रत्यक्षदर्शी नोएल हाराले आफ्नो छोरालाई समारोहमा छोडेर आफू खाजा खाँदै गर्दा आतङ्क मच्चिएको बताए।

हाराले बीबीसीलाई भने, "करिब ३० जना मानिसहरू अचानक हतारिँदै, चिच्याउँदै आए। त्यसपछि हामीलाई स्टारबक्सको शौचालयमा थुनियो।"

"केही क्षण पछि आक्रमण गर्ने मानिस पछाडिको ढोकाबाट त्यहीँ पस्न खोजिरहेको शङ्का भयो र उनीहरूले हामीलाई स्टारबक्सबाट बाहिर निकाले।"

आक्रमण भएको घन्टौँ बितिसक्दा पनि प्रहरीले शङ्कास्पद व्यक्तिको खोजी गरिरहेको छ। त्यसका लागि प्रहरीले कुकुर र ड्रोनको प्रयोग गरेर र्‍याली हिँडेको मार्ग, सहरको भित्रि भाग र जिल्लाको व्यापारिक केन्द्रमा आफ्नो अनुसन्धान केन्द्रित गरेको छ।

प्रहरीले "सक्रिय अपराध स्थल" घोषणा गरेको क्षेत्र वरपर बसोबास गर्नेहरूलाई आश्रयस्थल मै रहन सुझाव दिएको छ।

शिकागोमा सप्ताहान्तको बिदाका बेला गोलाबारी बढ्दो छ। गर्मीका कारण मानिसहरू त्यस समयमा बाहिर निस्कन्छन्।

सन् २०२१ मा शिकागो सहरमा जुलाईको ४ सम्ममा एक सय भन्दा बढी मानिसहरूमाथि गोली प्रहार भएको थियो र तीमध्ये १७ जनाको मृत्यु भएको थियो।

टेक्ससको युभाल्डी र न्यूयोर्कको बफलोमा भएको घातक गोलाबारीको एक महिनापछि यो घटना भएको हो।

लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE