Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अमेरिकाको शिकागोमा बन्दुक आक्रमणबाट ६ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो।

अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ।

घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ।

सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ। सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, स्थानीय समय अनुसार १०:१५ मा गोली चलाएका थिए।

सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्‍यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए। तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चियो।

घटनास्थलमा उपस्थित मानिसहरू भाग दौड गर्दा विभिन्न किसिमका कुर्सी तथा झोलाहरू सडकभरि यत्रतत्र छाडिए।

सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको ठानिएको छ। त्यहाँबाट प्रहरीले "बन्दुकको प्रमाण" बरामद गरेको छ।

गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बताए।

"स्वतन्त्रता मनाउन जम्मा भएका हामीले एउटा दु:खद घडीको शोक मनाउँदै छौँ," सहरका मेयर न्यान्सी रोटरिङले भनिन्।

सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुने पछि भयावह बनेको परिस्थितिबारे वर्णन गरेका छन्।

आक्रमणकारीबाट आफू १०० मिटर भन्दा कम दूरीमा रहेको बताउने आनन्द पीले बीबीसीसँग भने,"त्यो बन्दुक निकै छोटो अवधिमा धेरै वटा गोली प्रहार गर्ने खालको थियो। त्यसबाट अविश्वसनीय रूपमा ठूलो आवाज आएको थियो र त्यसपछि त्यहाँ पूर्ण मौनता छायो।"

यस उपनगरीय क्षेत्रमा बन्दुक सम्बन्धित हिंसा निकै कम भएका छन्। आनन्दले थप भने: "मैले यहाँ निकै सुरक्षित महसुस गर्थेँ तर अहिले सुरक्षाका निम्ति आश्रयस्थलमा लुकेका छौँ। यहाँ मानिसहरू रोइरहेका छन् र यो अनुभूति सुखद छैन।"

अर्का प्रत्यक्षदर्शी नोएल हाराले आफ्नो छोरालाई समारोहमा छोडेर आफू खाजा खाँदै गर्दा आतङ्क मच्चिएको बताए।

हाराले बीबीसीलाई भने, "करिब ३० जना मानिसहरू अचानक हतारिँदै, चिच्याउँदै आए। त्यसपछि हामीलाई स्टारबक्सको शौचालयमा थुनियो।"

"केही क्षण पछि आक्रमण गर्ने मानिस पछाडिको ढोकाबाट त्यहीँ पस्न खोजिरहेको शङ्का भयो र उनीहरूले हामीलाई स्टारबक्सबाट बाहिर निकाले।"

आक्रमण भएको घन्टौँ बितिसक्दा पनि प्रहरीले शङ्कास्पद व्यक्तिको खोजी गरिरहेको छ। त्यसका लागि प्रहरीले कुकुर र ड्रोनको प्रयोग गरेर र्‍याली हिँडेको मार्ग, सहरको भित्रि भाग र जिल्लाको व्यापारिक केन्द्रमा आफ्नो अनुसन्धान केन्द्रित गरेको छ।

प्रहरीले "सक्रिय अपराध स्थल" घोषणा गरेको क्षेत्र वरपर बसोबास गर्नेहरूलाई आश्रयस्थल मै रहन सुझाव दिएको छ।

शिकागोमा सप्ताहान्तको बिदाका बेला गोलाबारी बढ्दो छ। गर्मीका कारण मानिसहरू त्यस समयमा बाहिर निस्कन्छन्।

सन् २०२१ मा शिकागो सहरमा जुलाईको ४ सम्ममा एक सय भन्दा बढी मानिसहरूमाथि गोली प्रहार भएको थियो र तीमध्ये १७ जनाको मृत्यु भएको थियो।

टेक्ससको युभाल्डी र न्यूयोर्कको बफलोमा भएको घातक गोलाबारीको एक महिनापछि यो घटना भएको हो।

लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending