Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

पाठकको अभावमा मैथिली साहित्यको पुस्तकको बिक्री शून्य

\"Maithali\"जनकपुरधाम । सरकारी स्वामित्वमा रहेको साझा प्रकाशन जनकपुर शाखाले बिक्री गर्दै आइरहेको मैथिली साहित्यको पुस्तक पाठकको अभावमा बिक्री प्रभावित भएको छ । आर्थिक वर्ष २०७०/७१ मा १४ लाख मूल्य बराबरको पाठक पुस्तक बिक्री गरेको सो शाखाले उक्त वर्षमा एउटा पनि मैथली साहित्यको पुस्तक बिक्री नभएको गुनासो गरेका छन् । मैथिली साहित्यप्रति पाठकको आकर्षण घट्दै गएको बारेमा साहित्यकार श्यामसुन्दर शशिलाई जिज्ञासा राख्दा उनले पहिलेजस्तो छापिएर आएको साहित्यिक पुस्तक पढ्ने चलन हराउँदै गएकाले मैथिली साहित्यको पुस्तक बिक्री नभएको बताए । धनुषा जिल्लामा करिब पाँच सय भन्दा बढी विद्यालय रहेका छन् । जसमा मैथिली भाषाको पाठ्यपुस्तक राखिएको छैन । त्यसकारण पनि मैथिली भाषा साहित्यको पुस्तकप्रति आकर्षण घट्दै गएको साहित्यकारको ठहर रहेको छ । साझा प्रकाशन जनकपुर शाखाले बिक्री गर्ने अन्य भाषाको साहित्यिक पुस्तकमध्ये अघिल्लो वर्ष मुनामदनको बिक्री उच्च रहेको थियो । करिब १० हजार पुस्तक मूल्य बराबरको ३३५ थान मुनामदन खण्डकाव्य बिक्री भएको सो शाखाले जनाएको छ । पुस्तक बेचेर कर्मचारीलाई तलब खुवाउनुपर्ने व्यवस्थाको कारण अहिले त्यहा कार्यरत ६ कर्मचारी विगत १० महिनादेखि तलब खान नसकेको शाखा प्रमुख तुलाराम साहले बताए । जनकपुर बजारमा रहेको जानकी पुस्तक भण्डार, मजदुर पुस्तक भण्डार, सरस्वती पुस्तक भण्डार, ज्योति पुस्तक भण्डारजस्ता पुस्तक पसल उधारोमा पुस्तक लग्ने र लामो समयसम्म बक्यौता नतिर्ने भएको कारणले गर्दा पनि साझा प्रकाशन जनकपुर शाखा आर्थिक मारमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending