कोलम्बो । श्रीलङ्का स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन् ।
दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो। विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उनलाई धन्यवाद दिँदै मैले वर्तमान सङ्कटलाई पराजित गर्न पनि श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें, गोटाबायाले भने।
गोटाबायाले पुटिनलाई श्रीलङ्कामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन् । ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं, उनले भने । श्रीलङ्काको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ ।
यस वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा परम्परागत रूपमा मित्रवत् रुस(श्रीलङ्का सम्बन्धको प्रगतिशील विकास भएको छ, विज्ञप्तिमा जनाइएको छ ।
जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलङ्काका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलङ्काका लागि रुसी राजदूतले छलफल शुरु गरेको बताउँनु भएको छ ।
यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ ।
अभूतपूर्व इन्धन सङ्कटको बीचमा श्रीलङ्काको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य–अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलङ्का सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो ।
श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएपछि यस पालि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।
राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएर रनिल विक्रमासिङ्घेलाई मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोधले राजनीतिक अस्थिरता निम्त्याएको छ।
टापु राष्ट्र विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा सङ्कटमा परेको छ । श्रीलङ्काको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: