Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि होइन: कामपा

'सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन'

खबरडबली संवाददाता

काठमाडौँ ।  फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । 

नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताए । उनले भने,  “सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।” 

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरणसमेत गराए । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।  

“महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो”, सापकोटाले भने । 

काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रणा गर्ने काम महानगरले गरेको बताए । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफुले स्वभाविकरुपमा लिएको उनको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए । 

“सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो, आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ”, उनले जनाए । 

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए  । सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।   

उक्त घटनाको स्मरण गराउँदै उनले भने, “साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौँ, तर त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्र्दभ भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।” महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइएको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान  सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलङ्की, कालीमाटीलगायत छन् ।  

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उनलेब बताए  । पटक पटकको आग्रहलाई वेवास्ता गरेपछि  महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ । 

जफत गरिएका सामग्री लिलाम 

सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।   

चालु आवमा रु १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ । गत आवमा रु ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो । प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडालगायतका सामान रहेका थिए । यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ ।  

‘फुटपाथको विकल्प चाहिन्छ’   

महानगरले नीतिको कुरा गरिरहँदा सडकमा नै व्यापार गरेर गुजारा गरिरहेका परिवारको व्यथा भिन्न छ । विगत १० वर्षदेखि सुन्धारको सडकमा कपडाको व्यापार गर्ने रामेछापकी ५३ वर्षीया मनमाया पौड्यालले सडक व्यापारले तीन जनाको परिवारलाई लालनपालन र छोराछोरीलाई पठनपाठन गरिरहेकी छन् ।  अहिले परिस्थिति बदलिएपछि कति बेला नगर प्रहरी आएर सामग्री जफत गर्ने हो पत्तो नै नभएको उनले बताइन्  । 

“गाउँ छोडेको १५ वर्ष भयो, छोराछोरी ठूला भइसके, पुनः गाउँ जानका लागि छोराछोरी मान्दैनन्, आगामी दिनमा छोराछोरीको सहरमा बस्ने रहर पूरा गर्न कठिन छ”, उनले भनिन् । फुटपाथमा व्यापार नगर भनिरहँदा महानगरले अन्य विकल्प खोजिदिनुपर्ने मनमायाको भनाइ छ । 

सत्र वर्षदेखि डल्लुपुलको मुखमा फलफूलको व्यापार गर्दै आएका रामजनम मिश्रको समस्या पनि मनमायाको भन्दा फरक छैन । उनको पनि फलफूलको टोकरी नगर प्रहरीले जफत गरेको धेरै पटक भइसक्यो  । उनले पटकपटक जफत गरिएको सामानको जरिवाना तिर्दै फिर्ता ल्याउने गरेका छन्  । फलफूलको व्यापार गरेकै भरका रामजनमले चार छोराछोरीसहित छ जनाको परिवार पाल्दै आएका छन्  । आगामाी दिनमा पनि फलफूलको टोकरी जफत भए आफ्नो छ जनाको परिवारको गाँस टुट्ने भन्दै व्यापार गर्नका लागि अन्य वैकल्पिक स्थानको उनले माग गरेका छन्  । 

महानगरले भने तत्कालका लागि उनीहरका लागि अन्य कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्नेबाहेक अरु विकल्प नभएको जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies