जलेश्वर । लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगतमा कहिलेकाहीँ एक÷दुईजना सर्प दंशका बिरामी आउने गरेको यस अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म आउने गरेका छन् ।
जिल्लामा केही दिनदेखि अधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक, झाडी, फोहरका डङ्गुर र कच्ची तथा प्लाष्टर बिनाको पक्की घरमा बस्ने सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाई उद्धृत गर्दै उनले बताए । विभिन्न ठाउँमा लुकेर बसेका सर्पलाई मानिसले चलाए वा नजानेर पनि छुन गएको खण्डमा टोक्ने गर्दछ । साहले यस अस्पतालमा आउनेमध्ये अघिकांशलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको मेसु साहले जानकारी दिए ।
अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताए । जिल्लाको विभिन्न ठाउँबाट र सीमापारी भारतबाट पनि दर्जनाँै मानिस उपचारका लागि आउने गरेका छन् । जिल्लामा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायत सर्प छन् भने विषालुमा सबैभन्दा बढी करेत र गोमन सर्प पनि देखा परेका छन् । विगत दुई सातादेखि जिल्ला अस्पतालमा सर्पले टोकेका बिरामी दैनिक आउने गरेकामा गत साता एक जनाको मृत्यु भएको थियो भने सर्पदंशकै कारण गत साता बर्दिबास नगरपालिकास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि दुई जनाको मृत्यु भएको थियो ।
सर्प दंशका बिरामीलाई लगाइने ‘एन्टिस्नेक भेनम’ नामको सुई आफूहरुसँग प्रर्याप्त रहेको र सर्पले टोकेपछि अस्पतालमा आइसकेका व्यक्तिलाई औषधिकै कारण मृत्युवरण गर्न नदिने मेसु साहले प्रतिवद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: