Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

माओवादीले प्रदेशसभा बहिष्कार गरेपछि बैठक स्थगित

खबरडबली संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै उठेर नेकपा ९माओवादी केन्द्र० का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई पूर्णतया बेवास्ता गरिएको आरोप लगाउनुभयो । 

“विगतमा पनि गठबन्धन सरकार थियो । सरकारको शैली, प्रक्रिया र गठबन्धनको निर्णयमा संयोजन हुन्थ्यो । त्यो अहिले गर्न किन भुल्नु भएको हो मुख्यमन्त्रीज्यू ?” भन्दै उनले बैठकमा प्रश्न गरे।  

प्रदेशसभा सदस्य शर्माले भने, “अघिल्लो सरकारले परिवर्तनका लागि नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति भत्ता, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न कार्यविधि बनाइयो र बजेटको पर्याप्त व्यवस्था गरियो तर सरकारले अहिलेसम्म त्यो कार्यान्वयनमा ल्याएन र बजेट फ्रिज भयो ।” 

संसदीय गतिविधिमा संसदीय दलको सहमतिमा संसदीय समितिका नेतृत्व सहमतिमै टुङ्ग्याइएको तर नेकपा माओवादीको केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व अहिलेसम्म विभिन्न बाहनामा नेतृत्वविहीन बनाइएको उहाँले जिकिर गरे । उनका अनुसार समितिको नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया बढाएर अन्तिम उम्मेदवारी दर्ता गर्न सचिवालयको टेबुल गएको बेला सचिवालयले माथिको आदेश भनेर रोकेको र आजसम्म त्यसलाई आलटाल गरेर राखिएको छ ।  

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियमविपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिञ्जा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको जनाए । 

उनले सदनमार्फत सरकारलाई प्रश्न गर्दै भने, “संसदभित्रको बसाइमा हाम्रो दल सत्ता साझेदार मध्येको एउटा छुट्टै प्रमुख दल हो भन्ने अनुभूति नभएको जनाउँदै दलको नेता कहाँ बस्नुपर्छ भन्ने संसदीय प्रक्रियामा हामीले जानकारी नपाएको अवस्था हो र ? संसदीय व्यवस्थामा संसदीय दलहरु बसाइ प्रक्रिया कसरी व्यक्त हुनुपर्दछ ? अन्य दलको कार्यालय भइरहँदा के माओवादी दल नेताको कार्यालय हुनु आवश्यक छैन र रु किन अहिलेसम्म माओवादी दल नेताको कार्यालयको व्यवस्था गरिएको छैन ?”

सरकारले माओवादीलाई लतारेर लिन सकिन्छ भन्ने सोच त होइन भन्दै उनले संसद् र संसदीय समितिमा एकाधिकारवादी रवैया रहेको टिप्पणी गरे। यसले समग्र प्रक्रियामा माओवादीको भूमिका र जिम्मेवारीलाई कुण्ठित पारेर संसदीय विधेयकमा सांसदका धारणा प्रस्फुटित हुन सक्ने अवस्था नरहेको प्रदेशसभा सदस्य शर्माको भनाइ थियो । 

सरकार एकलौटी तरिकाले चल्न सकिन्छ कि भन्ने सोचबाट अगाडि बढेको आरोप लगाउँदै उहाँले माओवादीले उठाएका सवाल एवं विषयमा उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेपश्चात केन्द्रका सबै सदस्य सभाबाट बाहिरएका थिए । सत्ता गठबन्धनको प्रमुख दल माओवादी बाहिरिएपछि सभामुख राजबहादुर शाहीले बैठक स्थगित भएको घोषणा गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending