काठमाडौं । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।
तर, श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - ०९:२१
महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...
फाल्गुन १२ गते, २०८२ - ०८:४०
प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?
फाल्गुन १२ गते, २०८२ - ०८:०७
दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा
फाल्गुन १२ गते, २०८२ - ०८:०२
काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...
फाल्गुन १२ गते, २०८२ - ०७:४९
जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...
फाल्गुन १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...
फाल्गुन १२ गते, २०८२ - ०७:३८
सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...
फाल्गुन १२ गते, २०८२ - ०७:३४
धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...
फाल्गुन १२ गते, २०८२ - ०७:३१
रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...
फाल्गुन १२ गते, २०८२ - ०७:२८
मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...



प्रतिकृया लेख्नुहोस्: