Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ :प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सक्षम जनशक्तिका कारण मुलुककै केन्द्रीय रिफरल अस्पतालको रूपमा रहेको यस अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय उपचारात्मक सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दछु ।”

विसं २०७२ को गोरखा भूकम्पमा होस् वा कोभिड–१९ जस्तो महामारीको कठिन परिस्थितिमा यस अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सकलगायत अन्य जनशक्तिले बिरामीको स्वास्थ्योपचारका लागि गर्नुभएको अमूल्य सेवा र सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै एउटा छुट्टै पहिचान बनाइ बिरामीको सुविधाका लागि ९६० शय्यासम्मको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेकोमा बधाई दिए।

“भक्तपुरको दुवाकोटमा बनाउने भनिएको अस्पतालको निर्माण हालसम्म सुरु हुन नसकेको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यसलाई प्राथमिकता साथ अघि बढाउन म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन चाहन्छु” उनले भने। आम सर्वसाधारणले प्रयोग गर्ने यस अस्पतालमा ९आइसियू० सघन उपचार कक्ष र भेन्टिलेटर लगायतका चिकित्सा उपकरण आवश्यक सङ्ख्यामा व्यवस्था गर्न पर्याप्त बजेट छुट्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिए। साथै उहाँले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्था गर्न र कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहयोग पु¥याउने कार्यक्रम कार्यान्वयनमा ल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरे।

प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई यस क्षेत्रमा भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी गराए। 

जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउँदै दिगो विकास अन्तर्गतको स्वास्थ्यसम्बन्धी लक्ष्य हासिल गर्न तथा आम सर्वसाधारणलाई सहज तवरमा स्वास्थ्योपचार सेवा पु¥याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो । स्वास्थ्य सेवालाई सम्भव भएसम्म सस्तो र सर्वसुलभ बनाइ सबैको पहुँचमा पु¥याउन सबैले मिलेर कार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले वीर अस्पतालले गरिब, निमुखा र विपन्न वर्गका बिरामीलाई सहुलियतपूर्ण ढङ्गले स्वास्थ्यसेवा उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। 

वीर अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधि थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकता अनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले केही समययता मत्थर भएको कोभिड–१९ महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको बताए।

 उनले भने ,“ कोभिड–१९ महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउनसक्ने अन्य विविध किसिमका महामारीसँग समेत जुध्ने सामथ्र्य विकास गर्नुपर्छ ।  क्यान्सर जस्तो घातक रोगका बिरामीलाइसमेत सहज उपचार पाउने गरी आवश्यक व्यवस्था मिलाउन अस्पताल व्यवस्थापनले ध्यान दिने मैले विश्वास लिएको छु । ”

प्रधानमन्त्री देउवाले भविष्यमा विश्वको प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग हुन्छन् भनेर विश्व स्वास्थ्य सङ्गठनले पूर्वानुमान गरेको सन्दर्भमा हामीले पनि नसर्ने रोगका बिरामीको स्वास्थ्योपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता औल्याए। यस सन्दर्भमा स्वास्थ्य क्षेत्रमा विभिन्न उपयोगी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गरेर देशमा स्वस्थ नागरिकको सङ्ख्या वृद्धि गर्न र उपचार खर्च घटाउन ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: