काठमाडौं । सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।
यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ।
चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।
मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।
एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ।
कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ। साथै नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरित गर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: