काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पटानीको 'ब्रेकअप' भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार टाइगर र दिशाले ६ वर्ष लामो प्रेम सम्बन्ध टुंग्याएका हुन्।
खबरहरूका अनुसार पछिल्लो एक वर्षयता उनीहरूको सम्बन्धमा खटपट चलिरहेको थियो। अहिले आएर उनीहरूले सम्बन्ध टुंग्याएका हुन्। तर सम्बन्ध किन टुंग्याए भन्नेबारे कुनै कारण खुलेको छैन। उनीहरूले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
टाइगर श्रफका बुवा ज्याकी श्रफले भने उनीहरूको सम्बन्ध टुंगिएको विषयमा प्रतिक्रिया दिएका छन्। ज्याकीले प्रायः सार्वजनिक रूपमै दिशा र टाइगरका बारेमा कुराकानी गर्दै आएका थिए। खुलस्त रूपमा उनीहरूको प्रेमको चर्चा नगरे पनि उनीहरू मिल्ने साथी भएको र दिशा र टाइगर नजिक भएको ज्याकीले बताउँदै आएका थिए।
अहिले आफ्नो छोरा दिशाको सम्बन्ध टुटेको खबर सार्वजनिक भएसँगै उनले प्रतिक्रिया दिएका हुन्।
ज्याकीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डिया लेख्छ, 'उनीहरू राम्रा साथी हुन्। अहिले पनि साथी छन्। उनीहरू सँगै घुमफिर गर्छन् र समय बिताउँछन्। तर म मेरो छोराको प्रेम जीवन के हुँदैछ भनेर निगरानी राख्दिनँ। र कहिल्यै गर्न चाहन्नँ। मलाई लाग्छ उनीहरू एकअर्काका राम्रा साथी हुन्। उनीहरूले यो सम्बन्धलाई कसरी लैजान्छन् भन्ने कुरा उनीहरूको अधिकारको कुरा हो।'
उनले थप भनेका छन्, 'उनीहरू एकअर्काका लागि उपयुक्त हुन् कि होइनन् भन्ने कुरा उनीहरूले निधो गर्ने हो। उनीहरूको प्रेम जीवन मेरो र मेरी श्रीमतीको जस्तै हो, अलग। दिशासँग हाम्रो सम्बन्ध राम्रो छ। टाइगर र दिशा एकअर्कासँग खुसी छन्।'
दिशा र टाइगरले खुलस्त रूपमा कहिले पनि आफूहरूको प्रेम सम्बन्ध स्वीकार गरेका छैनन्। त्यसैले अहिले सम्बन्ध टुंगिएको विषयमा पनि उनीहरूबाट कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: