डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिए । उनले समग्र जिल्लाको विद्युतीय प्रशारणको अवस्था, विद्युत्को केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।
मुख्यमन्त्री भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल विद्युत्को लाइन विस्तारका लागि पहल थाल्नुपर्नेमा जोड दिए । विद्युत् सेवा प्राप्त गरेका सेवाग्राहीले विद्युत्को मासिक शुल्क तिर्न मासिक शुल्क रकमभन्दा बढी रकम यातायातमा नै खर्च गर्नुपर्ने अवस्थाको विषयमा पनि सेवाग्राहीलाई सहज हुने गरी गाउँमै रकम बुझाउने गरी आवश्यक व्यवस्था मिलाउन भनेका छन् । डोटीमा विद्युतमा हुँदै आएको अनियमितता तथा अन्य समस्याका विषयमा समाधान गरीने विद्युत् कार्यालयका प्रमुख देवले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: