Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अमेरिका-चीन तनावको केन्द्रबिन्दुमा रहेकी न्यान्सी को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीको राजनीतिक यात्राबारे जानकार मानिसहरूका लागि उनको विवादास्पद ताइवान भ्रमण कुनै आश्चर्यको विषय नहुन सक्छ।

उनी अमेरिकाको तल्लो सदनकी सभामुख हुन्। आफ्नो ४० वर्षे सार्वजनिक सेवा अवधिमा उनले चीनप्रति प्रायः आलोचनात्मक धारणा राख्दै आएकी छन्।

सन् १९९१ मा अकस्मात् बेइजिङ पुगेर तियान्आन्मेन नरसंहारका पीडितको समर्थनमा ब्यानर देखाउँदा चिनियाँ अधिकारीहरू उनीसँग आक्रोशित भएका थिए।

चिनियाँ सुरक्षाकर्मीहरूले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दुई वर्षअघि आक्रमण गरेको स्थानमै उभिएर उनले त्यसो गरेकी थिइन्।

यस्ता केही घटनाक्रमले उनले चीनबारे राख्दै आएको अडानको सङ्केत गर्छन्। पलोसी अहिले उनी ८२ वर्ष पुगेकी छन्।  उनी चीनको कम्युनिस्ट शासनकी खरो आलोचक हुन्।

चीनसँग उनको सम्बन्ध विवादास्पद रहनुमा निर्वासित तिब्बती नेता दलाइ लामासँग उनको नजिकको सम्बन्ध पनि हो।

अमेरिका र चीन दुवैलाई चिन्तित बनाउने भ्रमण

चीनले अल्पसङ्ख्यक उइगर र अन्य मुस्लिम समुदायमाथि गरेको दमनलाई गत वर्ष अमेरिकाले "नरसंहार" को सङ्ज्ञा दिएको थियो। उक्त दमनलाई औपचारिक रूपमा नरसंहार घोषणा गर्नुमा पलोसी एक मुख्य उत्प्रेरक थिइन्।

"व्यापारिक हितका कारण यदि तपाईँ चीनमा मानवाधिकारको स्थितिबारे कुरा उठाउन सक्नुहुन्न भने तपाईँसँग कुनै पनि ठाउँका बारेमा बोल्ने नैतिक अधिकार रहँदैन," पलोसीले समाचार वेबसाइट पलिटिकोलाई जुलाई २८ मा दिएको अन्तर्वार्तामा भनेकी छन्।

उनी सन् १९९७ पछि ताइवान भ्रमण गर्ने वरिष्ठतम अमेरिकी अधिकारी हुन्। उनको भ्रमणले केवल बेइजिङलाई विचलित मात्रै बनाएको हैन उनको देशमा पनि चिन्ता बढाएको छ।

त्यस्तो भ्रमण "उपयुक्त नहुने" धारणा अमेरिकी सेनाको भएको अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई २२ मा बताएका थिए। उनको भ्रमणलाई बेइजिङले उत्तेजना बढाउने कदमको रूपमा बुझ्ने चिन्ताबारे राष्ट्रपति बाइडन सचेत देखिएका थिए।

सार्वजनिक रूपमा भ्रमण पक्का नगरेको भए पनि पलोसीले त्यसबारे प्रतिक्रिया दिइहालिन्। "मेरो विचारमा अहिले ताइवानप्रति हामीले समर्थन देखाउनु महत्त्वपूर्ण छ," उनले भनिन्।

राजनीतिक जीवन

सन् १९४० मा जन्मिएकी पलोसी अमेरिकाको बाल्टिमोरका पूर्वनगरप्रमुख थोमस दा'लेसान्द्रोकी छोरी हुन्। उनी १२ वर्षको उमेरमै डेमोक्र्याटिक पार्टीको सम्मेलनमा भाग लिएकी थिइन्।

उनले २० वर्षको हुँदा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको पदबहाली सभामा सहभागी हुने अवसर पाइन्।

राजनीतिमा उनको प्रारम्भिक संलग्नता नेपथ्यमा सीमित थियो। उनले क्यालिफोर्निया राज्यमा डेमोक्र्याटिक पार्टीको निर्वाचन अभियान चलाउने र आर्थिक सहयोग जुटाउने काम गरिन्।

उनका पति पल पलोसी वित्त व्यवस्थापक थिए। पाँच सन्तानमध्ये कान्छी छोरी विश्वविद्यालय पढ्ने भएपछि मात्रै उनी ४७ वर्षको उमेरमा सांसदका लागि उम्मेदवार बनिन्।

सान फ्रान्सिस्कोकी सांसद साला वर्टनले आफ्नो निधनअघि उत्तराधिकारी बन्न आग्रह गरेपछि पलोसी संसद्को चुनावमा उठेकी थिइन्।

पलोसीले सन् १९८७ मा चुनाव जितिन् र त्यसयता अमेरिकी कङ्ग्रेसमा सन फ्रान्सिस्कोका क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएकी छन्।

प्रथम महिला सभामुख

संसद्‌को सभामुखमा उनको यो तेस्रो कार्यकाल हो। यो भूमिका अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा पर्छ। पलोसी अमेरिकाको सभामुख बन्ने प्रथम महिला हुन्।

तर उनको राजनीतिक जीवनयात्रामा चीनको विषय मात्र हाबी छैन।

उनले सन् २००३ को इराक युद्धको सार्वजनिक आलोचना गरिन्। सन् १९८० र ९० को दशकमा उनले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका पक्षमा आवाज उठाइन्। त्यतिबेला अमेरिकामा ती विषयहरू मूलधारको राजनीतिबाट धेरै टाढा थिए।

महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने गत जुनको अमेरिकी सर्वोच्च अदालतको निर्णयको पनि उनी आलोचक थिइन्।

"आज अमेरिकीहरूले उनीहरूका आमाहरूभन्दा कम स्वतन्त्रता पाएका छन्," उनले अदालतको घोषणापछि भनेकी थिइन्। "यो निर्णय गालामा थप्पड हो।"

तर उनको राजनीतिक यात्रा चिनियाँ कम्युनिस्ट शासकहरूको विरोधको पर्यायजस्तै बनेको छ। अहिलेको उनको ताइवान भ्रमणले त्यो धारणालाई अझ बलियो बनाएको छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending