Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

अमेरिका-चीन तनावको केन्द्रबिन्दुमा रहेकी न्यान्सी को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीको राजनीतिक यात्राबारे जानकार मानिसहरूका लागि उनको विवादास्पद ताइवान भ्रमण कुनै आश्चर्यको विषय नहुन सक्छ।

उनी अमेरिकाको तल्लो सदनकी सभामुख हुन्। आफ्नो ४० वर्षे सार्वजनिक सेवा अवधिमा उनले चीनप्रति प्रायः आलोचनात्मक धारणा राख्दै आएकी छन्।

सन् १९९१ मा अकस्मात् बेइजिङ पुगेर तियान्आन्मेन नरसंहारका पीडितको समर्थनमा ब्यानर देखाउँदा चिनियाँ अधिकारीहरू उनीसँग आक्रोशित भएका थिए।

चिनियाँ सुरक्षाकर्मीहरूले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दुई वर्षअघि आक्रमण गरेको स्थानमै उभिएर उनले त्यसो गरेकी थिइन्।

यस्ता केही घटनाक्रमले उनले चीनबारे राख्दै आएको अडानको सङ्केत गर्छन्। पलोसी अहिले उनी ८२ वर्ष पुगेकी छन्।  उनी चीनको कम्युनिस्ट शासनकी खरो आलोचक हुन्।

चीनसँग उनको सम्बन्ध विवादास्पद रहनुमा निर्वासित तिब्बती नेता दलाइ लामासँग उनको नजिकको सम्बन्ध पनि हो।

अमेरिका र चीन दुवैलाई चिन्तित बनाउने भ्रमण

चीनले अल्पसङ्ख्यक उइगर र अन्य मुस्लिम समुदायमाथि गरेको दमनलाई गत वर्ष अमेरिकाले "नरसंहार" को सङ्ज्ञा दिएको थियो। उक्त दमनलाई औपचारिक रूपमा नरसंहार घोषणा गर्नुमा पलोसी एक मुख्य उत्प्रेरक थिइन्।

"व्यापारिक हितका कारण यदि तपाईँ चीनमा मानवाधिकारको स्थितिबारे कुरा उठाउन सक्नुहुन्न भने तपाईँसँग कुनै पनि ठाउँका बारेमा बोल्ने नैतिक अधिकार रहँदैन," पलोसीले समाचार वेबसाइट पलिटिकोलाई जुलाई २८ मा दिएको अन्तर्वार्तामा भनेकी छन्।

उनी सन् १९९७ पछि ताइवान भ्रमण गर्ने वरिष्ठतम अमेरिकी अधिकारी हुन्। उनको भ्रमणले केवल बेइजिङलाई विचलित मात्रै बनाएको हैन उनको देशमा पनि चिन्ता बढाएको छ।

त्यस्तो भ्रमण "उपयुक्त नहुने" धारणा अमेरिकी सेनाको भएको अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई २२ मा बताएका थिए। उनको भ्रमणलाई बेइजिङले उत्तेजना बढाउने कदमको रूपमा बुझ्ने चिन्ताबारे राष्ट्रपति बाइडन सचेत देखिएका थिए।

सार्वजनिक रूपमा भ्रमण पक्का नगरेको भए पनि पलोसीले त्यसबारे प्रतिक्रिया दिइहालिन्। "मेरो विचारमा अहिले ताइवानप्रति हामीले समर्थन देखाउनु महत्त्वपूर्ण छ," उनले भनिन्।

राजनीतिक जीवन

सन् १९४० मा जन्मिएकी पलोसी अमेरिकाको बाल्टिमोरका पूर्वनगरप्रमुख थोमस दा'लेसान्द्रोकी छोरी हुन्। उनी १२ वर्षको उमेरमै डेमोक्र्याटिक पार्टीको सम्मेलनमा भाग लिएकी थिइन्।

उनले २० वर्षको हुँदा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको पदबहाली सभामा सहभागी हुने अवसर पाइन्।

राजनीतिमा उनको प्रारम्भिक संलग्नता नेपथ्यमा सीमित थियो। उनले क्यालिफोर्निया राज्यमा डेमोक्र्याटिक पार्टीको निर्वाचन अभियान चलाउने र आर्थिक सहयोग जुटाउने काम गरिन्।

उनका पति पल पलोसी वित्त व्यवस्थापक थिए। पाँच सन्तानमध्ये कान्छी छोरी विश्वविद्यालय पढ्ने भएपछि मात्रै उनी ४७ वर्षको उमेरमा सांसदका लागि उम्मेदवार बनिन्।

सान फ्रान्सिस्कोकी सांसद साला वर्टनले आफ्नो निधनअघि उत्तराधिकारी बन्न आग्रह गरेपछि पलोसी संसद्को चुनावमा उठेकी थिइन्।

पलोसीले सन् १९८७ मा चुनाव जितिन् र त्यसयता अमेरिकी कङ्ग्रेसमा सन फ्रान्सिस्कोका क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएकी छन्।

प्रथम महिला सभामुख

संसद्‌को सभामुखमा उनको यो तेस्रो कार्यकाल हो। यो भूमिका अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा पर्छ। पलोसी अमेरिकाको सभामुख बन्ने प्रथम महिला हुन्।

तर उनको राजनीतिक जीवनयात्रामा चीनको विषय मात्र हाबी छैन।

उनले सन् २००३ को इराक युद्धको सार्वजनिक आलोचना गरिन्। सन् १९८० र ९० को दशकमा उनले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका पक्षमा आवाज उठाइन्। त्यतिबेला अमेरिकामा ती विषयहरू मूलधारको राजनीतिबाट धेरै टाढा थिए।

महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने गत जुनको अमेरिकी सर्वोच्च अदालतको निर्णयको पनि उनी आलोचक थिइन्।

"आज अमेरिकीहरूले उनीहरूका आमाहरूभन्दा कम स्वतन्त्रता पाएका छन्," उनले अदालतको घोषणापछि भनेकी थिइन्। "यो निर्णय गालामा थप्पड हो।"

तर उनको राजनीतिक यात्रा चिनियाँ कम्युनिस्ट शासकहरूको विरोधको पर्यायजस्तै बनेको छ। अहिलेको उनको ताइवान भ्रमणले त्यो धारणालाई अझ बलियो बनाएको छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending