काठमाडौं । सरकारले सङ्घीय र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार सङ्गठित हुन थालेका छन् । सङ्गठितरूपमा आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ ।
गत वैशाख महिनामा गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले स्वतन्त्र अभियान नै घोषणा गरेर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका हुन् । अभियान घोषणा गर्न आयोजित कार्यक्रममा केहीले भने उम्मेदवारी पनि घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारले आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ३ मा उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौँ क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर नगरपालिकामा विभिन्न दल परित्याग गरी स्वतन्त्र उम्मेवारी घोषणा गरिएको हो । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिको सभापति भई नेतृत्व गरिरहक्नुभएका श्रीकृष्ण ज्योतिले आगामी निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए । गत स्थानीय निर्वाचनअघिदेखि पार्टी छाडेको घोषणा गरेका ज्योति यो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा लागेको सुनाउछन् ।
यसैगरी स्वतन्त्र भएरै निरञ्जन पुडासैनी र कुमार श्रेष्ठलगायतले पनि यसै निर्वाचनमा भाग लिने बताए। कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका विनय सिम्खडा, वडा नं २ का अध्यक्ष प्रेम श्रेष्ठ, वडा नं ८ को अध्यक्ष पदका उम्मेदवार आकाश क्षेत्रीलगायतको सहभागिता थियो । सिम्खडा नेकपा ९एमाले० छोडी स्वतन्त्र अभियानमा सहभागी भएको हो । उनीहरूले विधिअनुसार शासन चलाउनका लागि पनि स्वतन्त्र अभियानको आवश्यकता रहेकामा जोड दिए।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नं ४ मा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत वडाध्यक्षमा निर्वाचित भएका थिए। यसबाट हौसिएका स्वतन्त्र अभियानकर्मीले स्वतन्त्रबाट एकमात्र उम्मेदवार चयन गरी निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: