Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

खबरडबली संवाददाता

काठमाडौं । असार महिना लागे यता  सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । 

नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।  

बञ्चरेडाँडामा केन्द्रमा फोहर विसर्जन गर्न थाल्दा काठमाडौँ उपत्यकावासीमा फोहरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहर लैजान अवरोध सिर्जना गरिरहेको छ ।  

सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौँको फोहर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चाररपाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताए। 

उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ । खासगरी त्रिशुली(बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ । दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहरको गाडी रोकिने गरेको छ ।

तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ । सिसडोलको फोहरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताउनुभयो । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनले बताए। उनले भने, “सडक साँघुरो छ । फोहरको डङ्गुर माथि लैजानुपर्छ ।” 

नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताए। पहिले निर्माण गर्दा  यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उनले बताए । उनले भने, “फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो ।”

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहर नियमित जान सकिरहेको छैन । दैनिक चाररपाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहर प्रभावित हुने र समस्या बढ्ने उहाँले बताउनुभयो । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो । उहाँले भन्नुभयो, “बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ ।” 

स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ । पानी परेको दिनमा पानी हालिरहेको उहाँले बताउनुभयो । सिसडोलमा फोहर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहरको समस्या बढ्ने गरेको हो । पहिलो सिसडोलमा लैजाँदा र अहिले बञ्चरेडाँडामा लैजाँदा सडकको समस्या करिबकरिब उस्तै रहेको प्रमुख राईले बताउनुभयो । गत वर्षहरुमा सिसडोलमा केन्द्र भरिएपछि  त्यही फोहरबाट गाडी चढेर जानुपर्दा वर्षामा समस्या हुने गरेको थियो । त्यतिबेला क्षमताभन्दा बढी फोहर हुँदा फोहरको पहाड चढेर ट्रकमाथि जानुपर्ने अवस्था थियो । अहिले त्यही फोहरको बीचबाट खुलेको सडकबाटै लानुपर्दा समस्या उस्तै भएको हो । 

विभागले तीनपिप्ले(सिसडोल सडकमा मर्मत गरेर तत्कालका लागि सवारीसाधन चालु गर्नुपर्ने भएकाले मर्मतको काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले बताउनुभयो । खाल्डाखुल्डी रहको ठाउँमा टाल्ने र ग्याबिन जाली हाल्ने र कतिपय स्थानमा ढलान गरिरहेको उहाँले बताउनुभयो । मर्मत गर्दा कहिलेकाहीँ सवारीसाधन आवागमन नै रोक्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक ढलान गर्दा एकरदुई दिन नै गाडी चलाउन नमिल्ने हुन्छ ।”

विभागले नै बञ्चरेडाँडामा अत्याधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण गरेको हो । एउटा खण्डमा सम्पन्न भएपछि गत जेठबाठ नै फोहर बिर्सजन थालिएको थियो । अर्को खण्डमा पनि काम अन्तिम चरणमा पुगेको महानिर्देशक दङ्गालले बताउनुभयो । उहाँका अनुसार अहिले वर्षाका कारणले थोरै काम मात्रै गर्न बाँकी छ । उहाँले भन्नुभयो, “घाम लागेपछि केही दिन काम गरेपछि नै सम्पन्न हुन्छ र हामीले हस्तान्तरण गर्न सक्नेछौँ ।”

उपत्यकामा जताततै थुप्रिएको फोहर तत्काल व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने सडक बनाउनुपर्ने भएपनि दीर्घकालीन समाधानका लागि स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने वातावरण विज्ञ प्रकाश अमात्यले बताउनुभयो । फोहरको गाडी बस्तीबाटै जाँदा बस्तीमा नै समस्या हुने भएकाले त्यसका लागि शहरबाट नै छुट्टै सडक बनाउनुपर्नेमा उहाँको जोड छ । बाटो बनाएर ट्रकमा काठमाडौँको फोहर लैजाँदैमा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुने अमात्यको भनाइ छ । अहिले हामीले जसरी फोहर फालिरहेका छौँ त्यसरी नै गर्दा बञ्चरेडाँडा केही वर्षमा भरिने र जति ल्याण्डफिल्ड साइट नयाँ बनाउँदै जाँदा पनि भरिरहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दीर्घकालीन रुपमा यसलाई स्रोतमा नै सम्बोधन गर्नुपर्छ ।” 

अहिले महानगरपालिकाले केही वडा बाहेक अधिकांश वडामा आफ्ना सवारीसाधन पठाएर फोहर सङ्कलन गरिरहेको छैन । केही निजी संस्थाहरुले उपभोक्तासँग रकम लिएर त्यस बापत फोहर सङ्कलन गरिरहेका छन् । ती संस्थामध्ये धेरै कानुनी रुपमा दर्ता नभएका र महानगरपालिकाले निजीले फोहर सङ्कलन गर्नै वडामा आफ्नो जिम्मेवारी न भएको बताउँदै आएको पाइन्छ । 

निजी सङ्कलन गर्नेले आफैँ फोहर फाल्ने ट्रक, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर काम गरिरहेका छन् । महानगर वा नगरपालिकाले आफूसँग पर्याप्त उपकरण, सवारीसाधन र जनशक्ति नभएकै कारण ‘म आफैँ गर्छु’ भनेर पनि आँट गर्न नसकेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनमा स्थानीय सरकारको हिसाबले जिम्मेवारी स्थानीय तहको भएको र नागरिकले कर तिरिरहेकाले पनि जिम्मेवारी उनीहरुले लिनुपर्ने अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले फोहर सङ्कलन गर्ने निजी क्षेत्र कानुनले चिन्दैन । फोहर उठाउन बाध्याकारी छैन ।” 

पूरा हुँदै ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट’

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट झण्डै १७ वर्षपछि मात्रै सम्पन्न हुन लागेको छ । सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले विसं २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा साइट बनाउने निणर्य गरेको थियो । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गरेर विसर्जन गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने विभागले बताउँदै आएको छ । 

सरकारले झण्डै तीन दशक पहिले नै फोहर व्यवस्थापनका लागि उपयुक्तस्थल भन्दै पहिचान गरेको थियो । केही समय काठमाडौँको फोहर गोकणर्स्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । अत्यधुनिक ल्यान्डफिल साइट बनाउन तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्न थालियो । झण्डै १७ वर्षसम्म उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिएको थियो । 

फोहर बोक्ने सवारीसाधनका लागि ‘डेडिकेटेड सडक’

समय समयमा सडकका कारण फोहर उठ्न नसकेको कुरा हुँदा वा स्थानीयबासीले फोहरका कारण दुर्गन्ध फैलिएको कुरा उठाउँदा ‘डेडिकेटेड’ सडक निर्माणको कुरा पनि उठ्ने गरेको छ । फोहरका गाडी मात्रै बोक्नका लागि छुट्टै सडक हुँदा मानव स्वास्थ्यमा असर कम हुनसक्ने गरी यसमा छलफल भइरहेको हो । सडक विभागले सिसडोल(बञ्चरेडाँडा सडक पहिले फोहर विसर्जनकै लागि अहिले प्रयोगमा रहेको सडक ‘डेडिकेडेट’ बनाएको महानगरले जनाएको छ । यो सडक फोहर माथि खण्डबाहेक कालोपत्र भइसकेको छ । सडक बनेसँगै मानव बस्ती बनेकाले अहिले त्यसको वैकल्पिक सडक बनाउने गरी छलफल भइरहेको छ । ओशो तपोबनबाट निकुञ्ज बाटो हुँदै मानव बस्ती नभेटिने गरी सडक बनाउन सकिने बताइएको छ । जहाँ सडक बन्छ त्यहाँ बस्ती बस्न थाल्दा भने बस्ती र फोहर बोक्ने सडक अलग हुन नसक्ने कामपा, वातावरण विभाग प्रमुख राईको भनाइ छ । 

नियमित उठ्दा उपकरण पर्याप्त छ, नियमित नहुँदा कम हुन्छ : महानगर

काठमाडौँ महानगरपालिकाले नियमित रुपमा फोहर उठिरहँदा आफूसँग भएको सवारीसाधन र उपकरण अपर्याप्त नभएको जनाएको छ । लामो समयसम्म थुप्रिएको फोहर ठूलो परिमाणमा एकै पटक उठाउनुपर्दा भने यी सामग्रीको कमी हुने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा प्रहरी हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा फरार, ड्युटीमा रहेका जवान निलम्बन

धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...

खाना नपाएपछि होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोध प्रदर्शन

काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...

लुम्बिनी प्रदेश बैठक : आज चार मन्त्रालयको बजेटमाथि छलफल

गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending