महोत्तरी । मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो।
रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो।
सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ। यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो।
सर्लाही पुर्याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो बढ्दै आएको थियो। यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकीछिपी बस्दै आएका रौनियार यसपालि प्रहरी पक्कडमा परेका हुन्।
सीमावर्ती भारतका आफन्तकहाँ बस्दै आएका रौनियार सर्लाही नगएर महोत्तरीको गौशालाबजार पुगेका थिए।
गौशालामा उनलाई पीडितहरूले अड्याएर सामाजिक छलफल भइरहँदा एक जना पत्रकारले सोधेका जिज्ञासामा अभद्रता देखाएका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेकै बीच जिल्ला प्रहरी कार्यालय सर्लाहीले माग गरेपछि रौनियारलाई उता पठाइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: