काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।
नेपाल प्राध्यापक सङ्घको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्न पनि आग्रह गरे। “कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ । त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालायले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ । त्यसमा प्राध्यापकहरुले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु”, त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने ।
उनले विश्वविद्यालय शिक्षालाई थप गुणात्मक र अनुसन्धानमूलक बनाउन राज्यका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनापयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाइ उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गरे।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई अनुसन्धामुखी बनाइ अन्तर्राष्ट्रियस्तरका शिक्षक र प्राध्यापकको आकर्षणको थलो नेपाललाई बनाउन प्राध्यापकहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए। समारोहमा सङ्घका पूर्व सभापति एवं पूर्वमन्त्री भीमसेनदास प्रधानलगायतलाई सम्मान गरिएको थियो ।(
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८० - १७:३२
भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि आइतबार भक्तपुर पुगेका छन्। दरबार स्क्वायरमा पूर्...
आश्विन ७ गते, २०८० - १७:१९
स्याङ्जा । विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला...
आश्विन ७ गते, २०८० - १७:११
सीआइबी वा कुनै पनि प्रहरी संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप हुँदैन
आश्विन ७ गते, २०८० - १७:०२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामप...
आश्विन ७ गते, २०८० - १६:४९
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब...
आश्विन ७ गते, २०८० - १६:३८
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा ८ देखि १० असोजसम्म हुने १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । ...
आश्विन ७ गते, २०८० - १६:११
झापा । भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बि...
आश्विन ७ गते, २०८० - १६:०५
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर...
आश्विन ७ गते, २०८० - १५:२५
काठमाडौं । प्रमुख दलहरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार भएको छ। यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आय...
आश्विन ७ गते, २०८० - १५:१७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेक...
प्रतिकृया लेख्नुहोस्: