काठमाडौं । पार्टी महाधिवेशन सकिएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केन्द्रीय पदाधिकारी टुग्याउने अन्तिम गृहकार्यमा लागेका छन् ।
गत पुसमा आठौं महाधिवेशन भएलगत्तै बसेको पहिलो केन्द्रीय समिति वैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए । उनले गत असारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र तेस्रो वरीयताको उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि सारेका थिए । बाँकी पदाधिकारी टुंग्याउन बाँकी छ ।
आज बस्ने स्थायी समिति बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने दाहालको तयारी छ । संसद्मा नागरिकता विधेयकमाथि बहस भएकाले बिहीबार बोलाइएको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको थियो। अहिले केहीबेरमा बस्ने बैठकमा प्रचण्डले बैठकमा नाम प्रस्ताव गर्नेछन्।
प्रचण्डले चौथो वरीयतामा रहेका देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको छन्। यसअघि महासचिवमा दाबी गरेका जनार्दन शर्मा र वर्षमान पुनलाई दाहालले उपमहासचिवमा प्रस्ताव गर्ने सम्भावना छ ।
पार्टीमा विधानले पदाधिकारीको संख्या नतोके पनि एक वरिष्ठ उपाध्यक्ष भने तय गरेको छ । दाहालले नेताहरूसँगको परामर्शमा तयार पारेको प्रस्तावअनुसार उपाध्यक्षमा गणेश साह र दीनानाथ शर्मा पर्ने सम्भावना छ । दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरे गजुरेल उपाध्यक्ष बन्ने सम्भावना छ ।
गिरिराजमणि पोखरेललाई उपाध्यक्ष वा उपमहासचिवमध्ये एकमा प्रस्ताव गर्ने दाहालको तयारी छ । स्थायी कमिटी सदस्य पम्फा भुसाल उपाध्यक्ष बन्ने सम्भावना छ । सचिवमा लीलामणि पोखरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, मातृका यादव, चक्रपाणि खनालको सम्भावना रहेको नेताहरूको भनाइ छ ।
गत असारमा बसेको माओवादी केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई पूर्णता दिँदै पार्टीको स्थायी समिति र पोलिटब्युरो टुंग्याएको थियो । उक्त बैठकमा वैकल्पिकसहित १ सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेको थियो । सोहीअनुसार पोलिटब्युरो र स्थायी समिति सदस्यको नाम टुंगिएको हो । माओवादी केन्द्रीय समिति ३ सय ७७ सदस्यीय रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: