Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

मुख्यमन्त्री शाही भन्छन्- शहीदको सपना पूर्णताले मात्र सङ्घीयता बलियो हुन्छ

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदले देखाएको बाटो र सपना पूरा गर्न सकेमात्र सङ्घीयता बलियो हुने बताएका छन्  ।

‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ का अवसरमा आज उनले स्वदेश तथा विदेशमा रहनुभएका कर्णालीवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्  । सङ्घीय व्यवस्था बलियो एवं दिगो तथा प्रभावकारी बनाउन प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्  । 

शुभकामना सन्देशमा भनेका छन्, “सङ्घीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएर आफुसँगै राख्दा प्रदेश सरकार कमजोर बनेका छन् । यसले सङ्घीय व्यवस्था मजबुत हुन सक्दैन । प्रदेश सरकारलाई बलियो बनाउन सकेमात्र सङ्घीयता बलियो हुन्छ । आन्दोलन र शहीदको बलिदानबाट कर्णाली प्रदेशको स्थापना भएको हो ।”

दशकौँदेखि पछाडि पारिएको कर्णालीलाई सङ्घीय संरचनामा सुदूरपश्चिमसँग जोडेपछि त्यसको विरोधमा छुट्टै प्रदेशको माग गर्दै २०७२ साउन २३ देखि भदौ ४ गतेसम्म कर्णालीमा आन्दोलन भएको थियो । प्रदेश प्राप्तिको उक्त आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ ।  

प्रदेश सरकारले चालु आवमा शहीद स्मृति भत्ता र उनीहरुको परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच पूरा गर्न ‘६ ब’ को नीति अगाडि सारेको बताए  । 

प्रदेश स्थापनाका अवसरमा आज कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले शहीद पार्क पुगेर माल्यार्पण गरेका थिए ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies