काठमाडौं । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए । त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए ।
केन्याका भिराज पटेलले दुई विकेट लिए । त्यस्तै शेम एनगोचे र याश तालातीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका सोमपाल कामी र आदील अन्सारीले दुई/दुई विकेट लिए । त्यस्तै वसिर अहमद र शाहब आलमले एकरएक विकेट लिए ।
योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: