Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा, फुटबलमा भविष्य खोज्दै आशिष

देवराज सुवेदी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । 

उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुन् आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । 

जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दर्थे । तर उनीले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहे । त्यसैले उनी आज सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहेका छन् । 

मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उनीले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै अहिले खुमलटार क्लबमा अनुबन्धन भएका छन् । भर्खरै ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारबाट ‘ए’ डिभिजन प्रतियोगिताका लागि मैदान उत्रने तयारीमा रहेको उनीले बताए । 

सिन्धुपाल्चोक जिल्ला काठमाडौसँग जोडिएको जिल्ला भए पनि हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला हो । सोनाम ल्होछारको अवसरमा इन्द्रावती गाउँपालिकामा भएको क्षेत्रस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको उत्कृष्ट खेलाडी सम्मान प्राप्त गरेका उनीले त्यही खेलको उत्कृष्ट प्रदर्शनले मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धन हुने अवसर पाए  । 

भूकम्प र कोरोनालगायत आफ्ना विभिन्न समस्याका कारण फुटबलबाट निस्क्रिय रहेका आशिषले अहिले भने खेलको लय समात्न पाएका छन् । मनाङ–मस्र्याङ्दी हुँदै एपिएफ क्लबमा समेत अनुभव बटुलिसकेका उनीले एन्फाको ‘सी’ डिभिजनको खेलमा कोटेश्वरको च्याम्पियन्स ब्वाइजबाट पहिलोपटक ‘सी’ डिभिजनका लागि मैदान उत्रिएका थिए । 

विसं २०७६ मा श्री भगवती क्लबबाट ‘बी’ डिभिजनका लागि मैदान उत्रने मौका दिएको आशिषलाई लकडाउनका कारण खेलमा निरन्तरता दिन केही समस्या भएको थियो ।

सोही समयतिर बागमती लिगमा जिल्लाबाट सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरेका उनीले जिल्लाले तृतीय स्थान हासिल गरे पनि उनी भने प्रदेशको उत्कृष्ट डिफेन्डरका रूपमा सम्मानित भएका थिए । विसं २०७८ मा भएको एन्फा लिगमा खुमलटारबाट मैदान उत्रेका आशिषले १३ वटा प्रतिस्पर्धामा १२ मा खेल्ने अवसर पाउँदा म्यान अफ द म्याचको दुईवटा अवार्ड प्राप्त गरेका थिए । उनी क्यापटेन हुन् । 

“खेल भनेको आफ्नै मेहेनतले खेल्ने कुरा हो । चुनौती भनेकै अरुलाई हराएर आफ्नो पक्षमा नतिजा हासिल गर्नु हो । म त्यही चुनौतीको सामना गर्दै खेलिरेहको छु”, उनीले भने । 

हरेक क्षेत्रमा चुनौती रहेको सुनाउँदै आशिषले खेलप्रतिको अनवरत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

जिल्लामा खेलकुदका गतिविधि निकै न्यून हुने गरेको बताउँदै आशिषले धेरै इच्छाशक्ति भएर पनि पूर्वाधार आवश्यक स्रोत र साधन नहुँदा जिल्लामा कतिपय खेलाडीले आफ्नो प्रतिभा, क्षमता प्रदर्शन गर्न नपाएको बताए । स्कुल तहबाटै विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षित गर्न सके देशले धेरै राम्रा खेलाडी उत्पादन गर्नसक्ने उनीको बुझाइ छ । 

खेल क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको जनाउँदै उनीले खेलाडीलाई हौसलासँगसँगै पारिश्रमिकका कुरामा पनि राज्यले हेर्नुपर्ने बताए । खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत, साधन जुटाउन नसक्नुले पनि हाम्रो खेलजगत्मा अपेक्षित सुधार हुन नसकेको स्वीकार्दै पूर्वाधारको विकास गर्न सक्नुपर्ने तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था भने नरहेको उनीको भनाइ छ ।

उनीले भने, “स्रोत र लगानी मात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्न अन्य क्लब, विदेशी मुलुक विश्व फुटबलमा किन पछाडि परेको रु स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ । 

स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले आफ्नो सपना हुर्काउन सक्छौँ ।” स्थानीय तहले साथ दिए खेलाडी र खेलमा सहयोग हुने उनीको भनाइ छ । विद्यालयमा सिक्ने मौका पनि भए राम्रो हुने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending