सिन्धुपाल्चोक । कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।
राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघु जलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विस्तार भएपछि गाउँले लघु परियोजना छाडेर त्यतै रमाउन थालेको स्थानीय अञ्जना धितालले जानकारी दिइन् ।
पाँचपोखरी गाउँपालिकाकै वडा नं ३ थाङपालकोटमा सञ्चालित हाँडीखोला दोस्रो र तेस्रो आयोजना बन्द भएको पूर्व गाविस अध्यक्ष उदय सापकोटाले बताए । सापकोटाका अनुसार दोस्रोबाट २६ र तेस्रोबाट २० किलोवाट विद्युत् उत्पादन हुने गर्दथ्यो ।
चोकटीमा १३ लाखको लागतमा बनेको घट्टेखोला लघु परियोजना पनि राष्ट्रिय प्रसारण लाइनको विस्तार भएसँगै बन्द भएको छ । समुदायको आकर्षण घट्दा परियोजनामा सरकार र दाताले गरेको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा २०५५ बाट ग्रामीण ऊर्जा विकास कार्यक्रम लागू भएपछि जिल्लामा निर्मित १३ लघु परियोजनाबाट उत्पादित दुई सय ५६ किलोवाट विद्युत् क्षमताले १० हिमाली गाउँका करिब तीन हजार घरधुरीलाई उज्यालो दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ०९:३२
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...
आश्विन ७ गते, २०८१ - ०९:१५
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...
आश्विन ७ गते, २०८१ - ०८:५८
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...
आश्विन ७ गते, २०८१ - ०८:४०
काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...
आश्विन ७ गते, २०८१ - ०८:१२
पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...
आश्विन ७ गते, २०८१ - ०८:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...
आश्विन ७ गते, २०८१ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...
आश्विन ७ गते, २०८१ - ०७:५०
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...
आश्विन ७ गते, २०८१ - ०७:४७
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...
आश्विन ७ गते, २०८१ - ०७:४१
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...
प्रतिकृया लेख्नुहोस्: