सिन्धुपाल्चोक । कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।
राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।
पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँडीखोला लघु जलविद्युत् परियोजना पनि गाउँमा राष्ट्रिय लाइनको विस्तारसँगै बन्द भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइनको विस्तार भएपछि गाउँले लघु परियोजना छाडेर त्यतै रमाउन थालेको स्थानीय अञ्जना धितालले जानकारी दिइन् ।
पाँचपोखरी गाउँपालिकाकै वडा नं ३ थाङपालकोटमा सञ्चालित हाँडीखोला दोस्रो र तेस्रो आयोजना बन्द भएको पूर्व गाविस अध्यक्ष उदय सापकोटाले बताए । सापकोटाका अनुसार दोस्रोबाट २६ र तेस्रोबाट २० किलोवाट विद्युत् उत्पादन हुने गर्दथ्यो ।
चोकटीमा १३ लाखको लागतमा बनेको घट्टेखोला लघु परियोजना पनि राष्ट्रिय प्रसारण लाइनको विस्तार भएसँगै बन्द भएको छ । समुदायको आकर्षण घट्दा परियोजनामा सरकार र दाताले गरेको लाखौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा २०५५ बाट ग्रामीण ऊर्जा विकास कार्यक्रम लागू भएपछि जिल्लामा निर्मित १३ लघु परियोजनाबाट उत्पादित दुई सय ५६ किलोवाट विद्युत् क्षमताले १० हिमाली गाउँका करिब तीन हजार घरधुरीलाई उज्यालो दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: