Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

खबरडबली संवाददाता

कास्की । यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो ।

प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित तोकिएका खेलस्थलमा पूर्वाधार मर्मत तथा स्तरोन्नतिको काम बल्ल सुरुआत भएको छ ।

कास्कीसहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । त्यसमध्ये पनि अधिकांश खेल पोखरा रङ्गशालामा नै तोकिएको छ ।  पोखरा रङ्गशालामा मात्र १६ खेल सञ्चालन हुँदैछन् । प्रतियोगिताको तयारीका लागि प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तयारीका काम अघि बढाएको छ । विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारीका कामलाई अघि बढाएका छन् ।

प्रतियोगिताका लागि अहिले पोखरा रङ्गशालाभित्रका खेलस्थलको मर्मत, सरसफाइ तथा स्तरोन्नति सुरु भएको छ । प्रतियोगिता नजिक आएकाले नयाँ खेलस्थल निर्माण हाललाई सम्भव छैन । प्रतियोगितालाई भव्य बनाउनका लागि भएका पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । 

उहाँका अनुसार तोकिएका खेलस्थलमा अहिले पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ तथा खेल्न योग्य बनाउने काम भइरहेको छ । उनले भने, “नयाँ पूर्वाधार बनाउनका लागि समय र बजेट दुवै हामीसँगै छैन तर भएका पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नतिका सानातिना काम सुरु भएका छन् । खेल खेल्नका लागि योग्य बनाउन खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङरोगनलगायतका काम सुरु भएको छ ।”

राखेपले प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिले आफ्नो जिम्मेवारीका काम सुरु गरेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताअन्तर्गतका ३६ वटै खेलका खेलस्थल टुङ्गो लगाएको छ ।

यद्यपि केही खेलका खेलस्थल परिवर्तन हुने अझै सम्भावना छ । राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएको समितिका कार्यालय प्रमुख योगीले बताउनुभयो । उनका अनुसार पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान छ ।

“खेलस्थल व्यवस्थापनका लागि हाल रु एक करोड बजेट छ तर सो बजेट अपुग हुने देखिएको छ । प्रतियोगिता सञ्चालन गर्न र खेल्नयोग्य बनाउन रु दुई करोड खर्च लाग्ने देखिएपछि राखेप सदस्य सचिवसँग कुरा गरेका छौँ,' उनले काम अघि बढाउन भने । एक सातामा स्तरोन्नतिका काम सक्छौँ ।” कार्यालय प्रमुख योगीले भने । 

राखेपले गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँबाहेकका जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल खेलाउने गरी खेलस्थल तोकेको छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाउने तय गरिए पनि बास्केटबल तनहुँमा खेलाउने गरी कुराकानी अघि बढाइएको राखेप बोर्ड सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।

उनले भने, “गण्डकीका ११ वटै जिल्लाका कम्तीमा एक खेल खेलाउने र प्रतियोगिताको अपनत्व सबै प्रदेशवासीलाई दिने योजनामा थियौँ तर हिमाली जिल्लामा मौसमका कारण सम्भव देखिएन । पछिल्लो समय तनहुँमा महिला बास्केटबल लैजानका लागि त्यहाँको नगरपालिकासँग सकारात्मक कुरा भएको छ । अन्तिम निर्णय हुन बाँकी छ ।” 

प्रतियोगिता तयारीका लागि मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा राखेप मातहतको क्षेत्रीय खेलकुद विकास समितिले पूर्वाधार स्तरोन्नति र व्यवस्थापकीय काम गर्दै आएको छ । यसैगरी स्थानीय आयोजकसमेत रहेको गण्डकी प्रदेश सरकारले प्रदेशको आफ्नो तयारीका काम गरिरहेको हो । 

प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोट, विशेष तथा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउनका लागि सबै खेलका खेलका खेलाडी छनोट सकेर विशेष प्रशिक्षण सुरु गरेको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । 

उनका अनुसार यही असोज १ देखि दुई साताका लागि विशेष प्रशिक्षण सुरु भएको छ भने दसैँपछि लगत्तै बन्द प्रशिक्षण सुरु हुनेछ । गण्डकीले पदकको बढी आशा भएका कराँते र बास्केटबलको हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण हाइअल्टिच्युड ट्रेनिङ सुरु गेको छ ।  उनले भने, “गण्डकीले भाग लिने सबै खेलका खेलाडी छनोट सकेर अहिले विशेष प्रशिक्षण सुरु गरेका छौँ । मनाङमा आइअल्टिच्युट ट्रेनिङ जारी छ । यसले खेलाडीको खेल कौसल र क्षमता वृद्धि गर्ने विश्वास लिएका छौँ ।”

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोलीको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लाग आठ हजार हाराहारीमा खेलाडीका बीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending