Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

दसैँ सुरु भएसँगै बढ्यो चहलपहल, उपत्यका छाड्नेको भीड

खबरडबली संवाददाता

काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो । 

घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र बालबालिकाको आमाबाबु रहेका छन् । दसैँ सुरु भएसँगै बालबच्चाको बिदा सुरु भएकाले घर जान हिँडेको अर्घाखाँचीकी देविका पौडेलले बताइन् । 

रोल्पा जानका लागि हिँडेका पवन ओली कक्षा १२ मा पढ्छन्  । कलेजले बिदा दिएकाले आफू बडादसैँ मनाउन घर जान लागेको उनले सुनाए । दसैँ सुरु भएसँगै आजदेखि लामो दूरीका सवारीसाधन भरिन थालेका छन् ।

सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ । 

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट लिएको बताए । 

छोटो दुरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता डेकनाथ गौतमले गत वर्षको तुलनामा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्ने बताए । “दसैँ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकाले विगत वर्षभन्दा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्छ”,उनले भने । 

महासचिव गौतमका अनुसार यसवर्ष उपत्यकाबाट २० लाखभन्दा बढी यात्रुहरु दसैँ मान्नका लागि बाहिरिन्छन् । दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर ‘रुट परमिट’ समेत खुला गरेको छ । 

दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी उक्त व्यवस्था गरेको हो । रुट परमिट खुला गरेसँगै व्यवसायीले यात्रुलाई सहज गन्तव्यसम्म लैजानका लागि परेका छन् ।

महासङ्घका सल्लाहकार एवं पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यात्रुलाई सहज रुपमा सेवा प्रदान गर्न प्रालिको कोषबाट चालकलाई पैसा दिएर सेवामा समर्पित गराएको बताए । 

“व्यवसायी आफ्नो सेवामा कटिबद्ध छौँ, वर्षाले बिग्रेका बाटो सरकारले समयमै मर्मतसम्भार गरे यातायात आवतजावतमा सहज हुने थियो”, उनले भने । पश्चिम नेपालसहित अधिकांश व्यवसायीले यात्रुलाई सहज सेवा प्रदान गर्न प्रालिको कोषबाट बजेट विनियोजन गरी सेवामा समर्पित भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending