Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

गठबन्धन बैठकका आठ साता : सिट बाँडफाँटमा अझै अन्योल

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। 

गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्र मिलेर धेरै सिट लिँदा जसपा र नेकपा एसलाई घाटा लाग्ने अवस्था आएको हो। आन्तरिक विवादका कारण सबैभन्दा बढी सिट लिन कांग्रेसलाई सहयोग मिलिरहेका बेला माओवादीले करिब ५० सिटको हाराहारीमा लिएको छ।

‘कांग्रेस ८५/८७ सिट, माओवादीले ४७/५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ। बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो लगाएको छैन,’ गठबन्धन निकट स्रोतले भन्यो। सरकारी निवासमा ५५ दिन बैठक बस्दा पनि सत्तारूढ पाँच दलले अझै निकास निकाल्न सकेका छैनन्।

मंगलबार र बुधबार दिनभर गठबन्धन दलका नेताहरू सिट बाँडफाँटका लागि बस्दा पनि मिलाउन सकेका थिएनन्। खासगरी आफू कमजोर रहेका तर यसअघि जितेका स्थानमा माओवादी केन्द्रले नछाडेका कारण सिट बाँडफाँटमा कुरा नमिलेको स्रोतको दाबी छ।

प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले २०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र २०७४ सालको समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको भए पनि कांग्रेसको आन्तरिक झगडाका कारण गठबन्धनभित्र अन्योल देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies