काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।
बिहिबार बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् ।
यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने देखिएका छन्।
चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।
आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो ।
समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। धर्नामा शेखर पक्षका दोस्रो तहका नेताहरु सहभागी छन्।
यसअघि मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको बताइएको छ।
आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ।
शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवामाथि दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार नै गर्ने चेतावनी दिँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: