काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरेको छ।
निर्वाचन आयोगले तोकेको समयावधि बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका ‘बागी’हरुलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो।
कांग्रेसले ‘बागी’सँगै निजका प्रस्ताव र समर्थकलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार कांग्रेसले विधानको धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको हो।
यसअघि कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन हुने पनि चेतावनी दिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - ०७:४७
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत ग...
पौष १० गते, २०८१ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ...
पौष १० गते, २०८१ - ०७:३५
सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको ...
पौष १० गते, २०८१ - ०७:३१
काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्र...
पौष १० गते, २०८१ - ०७:२५
काठमाडौं । गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिज...
पौष १० गते, २०८१ - ०७:१४
मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी...
पौष १० गते, २०८१ - ०७:१०
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर ...
पौष १० गते, २०८१ - ०७:०७
काठमाडौं । तपाईंको बिहान सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा प...
पौष ९ गते, २०८१ - ०९:३३
काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बर...
पौष ९ गते, २०८१ - ०९:२९
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ । सोमबार पहि...
प्रतिकृया लेख्नुहोस्: