कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।
एपीएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । सात प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गदै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् ।
आज खुलामञ्चमा भएको सेमिफाइनमा नेपाल पुलिस क्लबले सोझो तीन सेटमा गण्डकीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थियो । त्यसैगरी एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती दोस्रो, तेस्रो र चौथो सेटको खेलमा सम्हालिन नसक्दा एपीएफले नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो सेटमा एपीएफले बागमतीमाथि २५–२३, २५–२२, २५–१६ जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।
सेमिफाइनलको प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना र पुलिसकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् । बुधबार प्रतियोगिताको फाइनल प्रतिस्पर्धासँगै तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १७:११
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...
बैशाख ४ गते, २०८३ - १७:०६
वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...
बैशाख ४ गते, २०८३ - १६:५६
काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...
बैशाख ४ गते, २०८३ - १६:४०
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...
बैशाख ४ गते, २०८३ - १६:२४
काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...
बैशाख ४ गते, २०८३ - १६:१५
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...
बैशाख ४ गते, २०८३ - १६:०८
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...
बैशाख ४ गते, २०८३ - १५:५४
काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...
बैशाख ४ गते, २०८३ - १५:३६
काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...
बैशाख ४ गते, २०८३ - १५:१९
तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...


प्रतिकृया लेख्नुहोस्: