Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

बाँदरले दुःख दिन थालेपछि कागती र किवी खेती

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका  किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।  

किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।

यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया र टिम्मुरलगायत रोप्न थालेका छन् । वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन् । बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानको बाँझो बसेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ । 

मलिलो जमिन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने गरे पनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए । “बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानले व्यावसायिक कागती खेती सुरु गरेका छन्”, स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, “धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।” उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए ।

कागती खानका लागि बाँदर नआएको हैन । निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदर घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो । 

घर आसपासका जमिनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्ने हुँदा कागती खेतीको सुरु गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा तीन सय बोट कागतीको बिरुवा रोपेको उनले बताए ।

घरआँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कका किसानले पनि सामूहिक चिया खेतीको सुरुआत गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफी, अलैँची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ । 

“चियामा फल हुँदैन, पात टर्रो हुने भएपछि बाँदर लाग्दो रहेनछ ।” उनले भने । पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोसी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको छ ।

इन्द्रावती गाउँपालिका १ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ । समुद्री सतहबाट झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा पर्ने यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ । यहाँका आलु, मुला सदरमुकाममा मात्रै नभई राजधानीसम्म खपत हुन्थ्यो ।

 “बाँदरले जमिन खनेर भए पनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो”, उनले भनिन् “बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन् ।” उनका अनुसार किवीलाई बाँदरले खाँदैन ।

किवीको फलको बाहिरी भाग निकै खस्रो हुन्छ । झुस हुन्छ । जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ । काँचोमा निकै टर्रो र अमिलो हुने हुँदा किवीको फल खान बाँदर नआउने गरेको उनले बताइन् । अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायतका ठाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन् । 

सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन् । यहाँका  किसानले भने किवी, चिया उचाइका कारण नहुने भएपछि टिम्मुर खेतीको सुरुआत गर्न थालेका छन् । टिम्मुरको बोटमा काँडा हुने हुँदा बादर नलाग्ने भएपछि यो खेतीको सुरुआत गर्न लागिएको नेत्र बस्नेतको भनाइ छ ।

सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन ।  बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् ।

बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजनसमेत गरेको थियो । पालिकाको वडा नं ३ मा बाँदर नियन्त्रण भनी रु पाँच लाख विनियोजन गरिएको हो तर नियन्त्रण भने हुन सकेको छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending