Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

‘ब्रा’बारे जानिराखौँ केहि कुरा

खबरडबली संवाददाता

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो- ब्रा। सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन्। महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन्।

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्रमहरु पनि छन्। जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ। तर, ब्रा को प्रयोगले स्तन क्यान्सरको कुनै पनि खतरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। ९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्तन क्यान्सर बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन्।

महिलाहरु स्तनको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन्। तर यो जरुरी छैन। यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन्। यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन।

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन्। तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो। यो लगाउँदैमा स्तन बढ्ने होइन्। खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन्। तर कुनै पनि ब्राको उमेर ६ देखि ९ मिहना सम्म मात्र हो।

‘ब्रा’को सुरुवातीबारे

फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाएका थिए। पछि यसको माथिल्लो हिस्सा ब्राजसरी लगाउन र बेच्न सुरु गरियो। यद्यपी, पहिलो ब्रा कहाँ र कसरी बनेको थियो यसको निश्चित जवाफ दिन मुश्किल छ।

सन् १९११ मा ब्रा शब्दलाई अक्सफोर्ड डिक्शनरीमा राखियो। त्यसपछि सन् १९१३ मा अमेरिकाकी प्रभावकारी महिला मेरी फेल्प्सले रेशमको रुमाल र रिबनले आफ्नो लागि ब्रा बनाइन् र अर्को वर्ष त्यसको पेटेन्ट पनि गराइन्। मेरीले बनाएको ब्रालाई आधुनिक ब्राको सुरुवाती रुप मान्न सकिन्छ तर यसमा कमजोरी थियो। यसले स्तनलाई सपोर्ट गर्नुको साटो त्यसलाई सम्म बनाइदिन्थ्यो र त्यो एउटै साइजमा पाइन्थ्यो।

यूनानको इतिहासमा ब्राजस्तो देखिने कपडाको चित्रण छ। रोमन महिला स्तनलाई लुकाउनका लागि छातीको चारैतर्फ एउटा कपडाले बाँध्ने गर्दथे। त्यसको ठिक विपरित ग्रीक महिलाले एक बेल्टमार्फत बक्षलाई उकास्ने कोसिस गर्दथे। आज पसलमा जस्तो ब्रा हामी देख्छौं, अमेरिकामा त्यस्तो ब्रा सन् १९३० देखि बन्न सुरु भएको थियो।

यद्यपी, एशियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइएको छैन। ब्रा बजारमा आएदेखि नै यसको विरोध भएको थियोः चर्चित फेशन म्यागजिन ‘भोग’ ले सन् १९०७ ताका ‘ brassiere’ शब्दलाई लोकप्रिय बनाउने ठूलो भूमिका खेल्यो। रोचक कुरा के छ भने योसँग ब्राको विरोध हुन पनि सुरु भयो। यो त्यही समय थियो जब महिलावादी संगठनले ब्रा लगाउने ‘खतरा’ प्रति महिलालाई सावधान गराएको थियो। र उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिइएको थियो जसले उनीहरुलाई हरेक प्रकारको समाजिक र राजनीतिक बन्धनबाट स्वतन्त्र गर्न सकोस्।

समाज

ब्रालाई आज महिलाको कपडाको अनिवार्य हिस्सा बनाइदिएको छ। ब्राविरुद्ध आवाज अहिले त्यती सुन्नमा आइँदैन। तर ब्राको विरोध हुनु वा नहुनु ठूलो कुरा नभई आखिर समाज ब्राबारे यति असहज किन हुन्छन् भन्ने प्रश्न तेर्सिन्छ ? ब्राको रंगले समस्या, ब्रा देखिँदा समस्या, ब्रालाई खुल्ला रुपमा सुकाउँदा समस्या र ब्रा शब्दको उच्चारणमा नै समस्या।

महिलाको शरिर र उनको कपडालाई यस्तो प्रकारले नियन्त्रण गर्ने कोसिस आखिर किन ? सर्ट, पाइन्ट र गन्जीजस्तै ब्रा पनि एउटा कपडा हो। हामीले यसलाई पनि एक कपडाको रुपमा नै हेर्दा राम्रो हुन्छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending